coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पाल्पा- बुटवलबाट गुल्मीको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ६९८२ नम्वरको बसले विपरित दिशाबाट आएको मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। 

तानसेन–७ बतासेडाँडामा भएको दुर्घटनामा परि मोटरसाइकल चालक यम्घा–८ पाल्पाका १८ बर्षिय संगीत दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा परि मोटरसाईकल पछाडी बसेका तानसेन बडीज्ञानटोलका २० बर्षिय अमित सारु घाईते भएका छन् । उनको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ।

मंगलवार दिउसो १२ बजे लु २१ प ९२८७ नम्वरको पल्सर मोटरसाईकललाई बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट घाईते भएका दर्नालको उपचारका क्रममा मृत्यु भएको हो।

यसैबीच सोमबार राती दोभान–४ पाल्पामा भएको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो। दुर्घटनाका १६  जना घाईतेहरुको लुम्बिनि अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ।

प्रकाशित: २५ माघ २०७३ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App