coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

माइली साइरसले लक्ष्मी पूजा गरिन् !

अमेरिकी गायीका तथा अभिनेत्री माइली साइरसले आफ्नो इन्स्ट्राग्रममा एउटा तस्बिर पोष्ट गरेकी छन्। जुन तस्बिरमा हिन्दु परम्परा अनुसार धनकी देवी लक्ष्मीको पूजा गरेको देखिन्छ। के माइलीले आफ्नो घरमा लक्ष्मी पूजा गरिन् त? उनको पोष्टमा यस्तै प्रश्न पनि सोधिएको छ। इन्स्ट्राग्रममामा उनले जुन तस्बिर पोष्ट गरेकी छन् त्यसले यस्तै आभाष दिन्छ।

उनले पोष्ट गरेको तस्बिरमा धनकी देवी लक्ष्मीको तस्बिरका साथ फलफूल, हलुवा र अगरबत्ती देखिन्छ। त्यहाँ एउटा शंख पनि राखिएको छ।

तस्बिरमा देखिएको तयारीले त्यहाँ कुनै पूजा हुन लागेको छनक मिल्छ। तस्बिरमा एक व्याक्ति हात जोडिरहेको अपस्थामा पनि देखिन्छन्। सायद उनी पूजारी हुन सक्छन्। २४ बर्षिया माइली उनका कामका कारण बेला बेलामा विवादमा आउने गर्छिन्।

प्रकाशित: २५ माघ २०७३ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App