coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डिजे हेर्न गएका बालकको अचानक लडेर मृत्यु

महोत्तरी– चर्को आवाजमा डिजे बजाउँदा महोत्तरीमा एक बालकको मृत्यु भएको छ।

जलेश्वर नगरपालिका १५ सुगामा सोमबार राति आएको जन्तीमा चर्को आवाजमा डिजे बजाउँदा सोही ठाउँका १२ वर्षीय वालक अमिरुल अंसारीको मृत्यु भएको छ।

जन्तीमा आएको डिजे बाजा गाउँमा घुम्ने क्रममा सडक छेउमै रहेका बालक अंसारी हेर्न पुग्दा चर्को आवाजको कारण सडकमै ढलेपछि उनको अवस्था गम्भीर हुन पुगेको थियो।

बालकलाई उपचारका लागि जलेश्वर अस्पतालमा ल्याइएको थियो । त्यहाँ चिकित्सक नहुँदा उपचारको लागि जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।

बालकलाई शान्ति सामुदायिक अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए। चर्को आवाजमा बजाइएको डिजेका कारण बालकलाई हर्ट एटेक भएर मृत्यु भएको हुन सक्ने चिकित्सकको भनाई छ।

प्रकाशित: २५ माघ २०७३ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App