coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाघले झम्टिँदा प्रहरीसहित १० जना घाइते

वीरगन्ज- लखनपुर एकडरवा टोलमा रहेको पोखरीमा मंगलबार बिहान ११ बजे तिर एउटा बाघ देखियो। पोखरीका ठेकेदार जनन साहले गाउँछेउ बाघ आएको भन्दै गाउँलेलाई खबर गरे।

त्यस लगत्तै पोखरी वरपर बाघ हेर्न गाउँलेको भिड जम्मा भयो। भिड देखेर गिज्जिएको बाघले एकाएक मान्छेलाई आक्रमण गर्न थाल्यो। आखिर बाघ हेर्न गएका १० जना गाउँलेहरु बाघको आक्रमणबाट घाइते बनेका छन्। घाइते मध्ये लखनपुर १ बस्ने मोतिलाल यादवको अवस्था गम्भिर छ। उनको  मुख र टाउकोमा बाघको आक्रमणबाट चोट लागेको छ।  बाघलाई नियन्त्रणमा लिने क्रममा इनिस्पेक्टर चक्रबहादुर शाह र असई अरुण कुमार झा घाइते भएका छन्।

अन्य घाइतेहरुमा तुफान पटेल, असमान पटेल, दुखी पटेल, महेन्द्र पटेल, रघुवीर साह, लक्ष्मण पटेल र रामनगरी गाउँका महेन्द्र सहनी छन्। घाइतेहरुको वीरगन्जमा उपचार भइरहेको छ। बाघ चितवन वा पर्सा राष्ट्रिय निकुन्जबाट बाटो विराएर गाउँ पसेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शीले बाघ करिब ४ फिट उचाइको रहेको जनाए।

गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन स्थानीय र प्रहरीले प्रयास गरीरहेका छन्।

प्रकाशित: २५ माघ २०७३ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App