८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनबारे शंका नगरौं: प्रधानमन्त्री

निर्वाचन आयोगमा नमुना मतदानमा सहभागि हुँदै प्रधानमन्त्री। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनबारे शंका नगर्न आग्रह गरेका छन्। विद्युतिय मतदान प्रणालीबारे निर्वाचन आयोगले आयोजना गरेको छलफलमा बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिसकेको अवस्थामा निर्वचन हुँदैनकी भनेर शंका गर्न नहुने बताए। 'निर्वाचन आयोगलाई सरकारले निर्वाचनको तयारी गर्न औपचारिक आग्रह गरिसकेको छ', प्रधानमन्त्री दाहालले भने, 'अब निर्वाचनबारे शंका नगरौं। निर्वाचन हुन्छ।' सबै शक्तिलाई कसरी निर्वाचनको प्रक्रियामा ल्याउन सकिन्छ भन्नेमा छलफल गर्नु पर्ने उनको धारणा थियो।

निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिसकेको अवस्थामा निर्वचन हुँदैनकी भनेर शंका नगरौ‌ं

आयोगमा भएको छलफल पनि निर्वाचनलाई कसरी निष्पक्ष गराउन सकिन्छ भन्ने बारेमा भएको उनको भनाई थियो। यस पटकको निर्वाचनमा कसरी आर्थिक भार कम गर्दै स्वच्छ र निष्पक्ष तयरीकाले निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्नेबारेमा सरकार सचेत गरेको बनाए।  संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका नेताहरुसँग आयोगले विद्युतिय मतदान प्रणालीबारे छलफल गरेको थियो।

 

 

प्रकाशित: २५ माघ २०७३ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App