coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदीका २७ विमानस्थल निजी कम्पनीले चलाउने

साउदी अरेबियाको किङ अब्दु अजिज विमानस्थल

रियाद— सन् २०१८ को मध्य बाट साउदी अरबका २७ ओटा विमानस्थल निजी कम्पनीहरुले चलाउने भएका छन्। विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक पत्रिकाले सोमबार लेखेको छ। 

‘इकोनोमिक भिजन – २०३०’ अन्तर्गत साउदी अरबले गत हप्ता मात्रै सरकारका १६ निकायलाई निजिकरण गर्ने घोषणा गरेको थियो। यो निजिकरण कार्यक्रमको पहिलो चरणको हो। 

मानस्थललाई निजिकरण गर्न साउदी नागरिक उड्डयनले विदेशी लगानीकर्तालाई आकर्षण गर्न चाहेको पनि पत्रिकाले जनाएको छ। नागरिक उड्डयनका उपाध्यक्ष डा. फैसल अल साक्विरले पनि विमानस्थलका लागि विदेशी लगानीकर्ताहरु आउने विश्वास व्यक्त गरेका छन्। 

‘इकोनोमिक भिजन – २०३०’ अन्तर्गत साउदी अरबले गत हप्ता मात्रै सरकारका १६ निकायलाई निजिकरण गर्ने घोषणा गरेको थियो। यो निजिकरण कार्यक्रमको पहिलो चरणको हो। 

सरकारले १४७ ओटा सरकारी निकाय र ८५ ओटा राज्यका आयोजनाहरुलाई निजिकरणका लागि छनौट गर्ने भएको छ। 

तेलको युग सकिएपछिको समयका लागि साउदी अरबले सुरु गरेको निजिकरणको राम्रा कदमहरुले विदेशी तथा स्थानीय लगानीकर्ताहरुलाई आकर्षित गर्ने विश्वास लिइएको छ।

प्रकाशित: २५ माघ २०७३ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App