८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

निर्दोष हिलारी

अमेरिका–अमेरिकाको गुप्तचर संस्था एफबीआईले सरकारी कामका लागि हिलारी क्विंटनले इमेल दुरुपयोग गरेको हुन सक्ने सम्बन्धमा गरेको अनुसन्धानमा हिलारी निर्दोष देखिएको बताएको छ । योसँगै गुप्तचर संस्थाले हिलारी विरुद्ध मुद्दा दायर नगर्ने फैसला गरेको छ । मंगलबार एफबीआई निर्देशक जेम्स कोमीले पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । गहन चाँजपछि हिलारीका विरुद्ध कुनै मुद्दा दायर नगर्ने निष्कर्षमा पुगेको उनले सो सम्मेलनमा बताए ।

तर उनले अनुसन्धानका क्रममा हिलारीले इमेल प्रयोग गर्दा एकदमै लापरवाही गरेको बताए । उनले पत्रकार सम्मेलनमा हिलारीको १ सय १० वटा इमेलमा गोप्य जानकारी रहेको बताएका थिए ।
उनले पुरै विभागमा इमेल प्रयोग  मामलामा दुविधा रहेको देखिएको बताए । तर हिलारीले व्यक्तिगत इमेल कुनै गल नियतले प्रयोग गरेको नदेखिएको उनको कथन थियो ।

एफबीआईको यो स्पष्टोक्तिले डेमोक्रेटिक पार्टीको  तर्फबाट राष्ट्रपति बन्ने दौडमा रहेकी हिलारी क्लिन्टनलाई राहत दिएको छ । यदि उनी विरुद्धको अभियोग प्रमाणित भएको भए राष्ट्रपतिको उम्मेदवारीका लागि उनले मनोबल गुमाउने निश्चित थियो ।
हिलारीको इमेल काण्ड त्यसबेलाको हो जब उनी अमेरिकाको विदेशमन्त्री थिइन् । सो समयमा उनले सरकारी इमेलको साटो निजि सर्वरबाट नियन्त्रित व्यक्तिगत इमेल प्रयोग गरेकी थिइन् ।

एफबीआईले वर्षभरी नै यस सम्बन्धमा गरेको अनुसन्धान मंगलबार पूरा गरेको हो । अनुसन्धानको प्रतिवेदन न्याय मन्त्रालयलाई बुझाइएको छ । तर अन्तिम फैसला भने अमेरिकाका प्रधानन्याधिवक्ता लारेटा लिच्चले गर्नेछिन् । जानकारहरुका अनुसार उनको फैसला एफबीआईको निष्कर्ष भन्दा भिन्न आउने सम्भावना एकदमै कम छ ।

हिलारीका लागि यो मुद्दा टाउको दुखाईको विषय बनिरहेको थियो । धेरै सर्वेक्षणहरुमा हिलारीले मतदाताबाट इमानदारी र नैतिकता सम्बन्धी प्रश्नहरुमा मतदाताबाट कम अंक पाउँदै आएकी थिइन् ।

 

प्रकाशित: २३ असार २०७३ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App