८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधनमा कांग्रेस सक्रिय

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान  संशोधन विधेयक पास गराउन सक्रियता देखाएका छन्। देउवाले सोमबार माले महासचिव सिपी मैनालीसँग भेट गरी संशोधन विधेयक पारित गराउन सहयोग मागेका छन्। संशोधन विधेयक पास भएमा राजनीतिक समस्या सामधान हुने भन्दै सहयोग गर्न उनले मैनालीलाई आग्रह गरेका थिए।

मैनालीले भने संशोधन विधेयक राष्ट्रहितको पक्षमा नरहेको भन्दै विधेयक पास गराउन आफूले सहयोग नगर्ने प्रस्ट पारेका थिए। 'उहाँ (देउवा) ले संशोधन विधेयक पास गर्न सहयोग माग्नुभयो,' भेटपछि नागरिकसँग  मैनालीले भने, 'विधेेयक राष्ट्रहितविपरीत भएकाले संशोधन प्रस्ताव पास गर्न सहयोग गर्न सक्दैनौं भनेँ।'

देउवाले आइतबार मधेसी मोर्चाका नेताहरूसँग भेट गरी संशोधन विधेयक पास गराउन आवश्यक पर्ने दुई तिहाइ जुटाउन आफूले पहल गर्ने आश्वासन दिएका थिए। देउवा निकट नेता रक्षामन्त्री बालकृण खाँणले संविधान संशोधन विधेयक पास गराउन लागि कांग्रेसले पहल गरेको बताए। 'संशोधन विधेयक पास गराउन दुई तिहाइ जुटाउन कांग्रेसले पहल सुरु गरेको छ।' आइतबार मधेसी मोर्चासँगको वार्तापछि कांग्रेसका नेताहरूको छुट्टै अनौचारिक छलफल भएको थियो। छलफलमा विधेयक पास गराउन कांग्रेसले पहल गर्ने निर्णय गरेको थियो।

देउवा निकट स्रोतका अनुसार देउवा सरकारलाई समर्थन गरेका तर सरकारमा सहभागी नभएका दलसँग पनि कुराकानी गर्ने तयारीमा छन्। मधेसी नेताहरूलाई देउवाले संशोधन विधेयक पास गरेरमात्र चुनावमा जाने आश्वासन दिएका छन्।

प्रकाशित: २५ माघ २०७३ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App