व्यवसायीको कोष बलियो हुँदा सार्वजनिक यातायातमा भाडादर लागू हुन सकेन

सोमबार, २४ माघ २०७३, २० : ०२ नागरिक

काठमाडौं—सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन। 

यातायात व्यवस्था विभागले वि.सं २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरुप भाडा समायोजन गर्ने निर्णय गरेको थियो। निर्णय भएको एक वर्ष बित्दा पनि विभागले अनुगमन नगरेकाले कार्यान्वयन हुन नसकेको यात्रुको गुनासो छ। 

'एउटा यात्रुले कति दिन परिचालकसँग झगडा गर्ने? नयाँ व्यक्तिले सवारी साधन किनी रुटमा सञ्चालन गर्न चाहेमा यातायात व्यवसायीका समितिलाई रु पाँच लाख बुझाउनुपर्छ, यसले व्यवसायीको कोष बलियो छ, सरकारी निकायमा यो कोषको प्रभाव पर्ने भएकाले नेपालको यातायात क्षेत्र अस्तव्यस्त बनेको हो', उनले भने।

गत वर्ष घटाएको भाडादरअनुसार चार किमी दूरीमा रु १३ भन्दा बढी भाडा लिन पाइँदैन। तर यो दर कार्यान्वयन नहुँदा पुरानो बानेश्वरदेखि रत्नपार्कको दूरीमा आउँदा रु १८ भाडा तिर्न बाध्य हुनुपरेको यात्रु कमला बस्नेतको अनुभव छ। 

चार किमीभन्दा कमको यो दूरीमा सवारीका परिचालकले विभागले तोकेभन्दा रु पाँच बढी भाडा असुलिरहेका छन्। विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको यातायात निरीक्षकको व्यवस्था पनि कार्यान्वयन गर्न सकेको छैन। ऐनबमोजिम टिकट दिएर मात्र यात्रुलाई यात्रा गराउनुपर्नेमा त्यो पनि कार्यान्वयन हुन सकेको छैन। 

उपभोक्ता मञ्च नेपालका उपाध्यक्ष रोशन पोखरेल व्यवसायी सङ्गठित भएर मनपरी भाडा लिने पक्षमा वकालत गर्ने, उपभोक्ता सङ्गठित नहुने र राज्य जिम्मेवार नभएकाले सार्वजनिक यातायातको भाडा नघटेको अनुभव सुनाउँछन्। 

'एउटा यात्रुले कति दिन परिचालकसँग झगडा गर्ने? नयाँ व्यक्तिले सवारी साधन किनी रुटमा सञ्चालन गर्न चाहेमा यातायात व्यवसायीका समितिलाई रु पाँच लाख बुझाउनुपर्छ, यसले व्यवसायीको कोष बलियो छ, सरकारी निकायमा यो कोषको प्रभाव पर्ने भएकाले नेपालको यातायात क्षेत्र अस्तव्यस्त बनेको हो', उनले भने।

वैज्ञानिक भाडादरका नाममा पेट्रोलियम पदार्थको भाउ बढ्दा बढ्ने र घट्दा नघट्ने गलत प्रणालीको विकास गरिएको उपभोक्तावादीको भनाइ छ। दसैँका बेलामा विभागले अनुगमन गरेजस्तो गरे पनि अरु बेलामा आँखा चिम्लेर बस्ने गरेको छ। 

मञ्चका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ सर्वोच्च अदालतले विसं २०६० मा ट्याक्सीमा बिलिङ प्रणाली लागू गर्न दिएको अन्तरिम आदेश १३ वर्ष बित्दा पनि सरकारले कार्यान्वयन नगराएको सुनाउँछन्। 

विभागका प्रवक्ता डा.टोकराज पाण्डे जनशक्ति अभावका कारण अनुगमन गर्न नसकिएकाले भाडादर कार्यान्वयन नगर्नेलाई कारबाही गर्न नसकिएको स्वीकार्छन्। 'देशभर २३ लाख सवारी दर्ता भएका छन्, त्यसमध्ये दुई लाख यात्रुवाहक सार्वजनिक सवारी छन्, बाँकी मालबाहक र निजी सवारी छन्, यातायात क्षेत्रलाई व्यवस्थित गर्ने योजनामा विभाग छ', उनले भने। 

सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट), रुटमा दर्ता गरेर विद्यालय र अन्य कार्यालयका यात्रु बोक्ने, साना सवारीमा यात्रु कोचिन बाध्य हुनु, साँझ परेपछि सार्वजनिक सवारी नपाउने एवम् रिजर्भमा जाने गर्नाले यात्रुले दुःख पाउने गरेका छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिगुले पाए एनसेलको दुई लाख

सिगुले पाए एनसेलको दुई लाख

एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार एक कार्यक्रम गरी दुई लाख नगद...

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

Ncell Footer Ad