coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुद्धिजमको विकासबारे प्रधानमन्त्रीसँग बिम्स्टेक महासचिवको चासो

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव सुमित नाकान्दाले आज भेटवार्ता गरेका छन्। 

बिम्स्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसँग उनको निवास बालुवाटारमा आज साँझ महासचिव सुमितले भेट गरी बिमस्टेक सम्मेलनको तयारीबारे कुराकानी गरेका हुन्। 

बिम्स्टेक सम्मेलनको तयारी र त्यहाँ उठाइने एजेण्डाबारे उनीहरुबीच कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिए।  

उनका अनुसार खासगरी आर्थिक क्षेत्रमा गर्न सकिने पूर्वाधार विकास तथा नेपालमा बुद्धिजमको विकासका लागि के गर्न सकिन्छ भन्नेबारे जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्रीले बिम्स्टेकको अघिल्लो गोवा बैठकको एजेण्डालाई कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।  

त्यसैगरी प्रधानमन्त्रीले चौथो बिम्स्टेक सम्मेलन सन् २०१७ मै नेपालमा सम्पन्न गर्नेबारे मन्त्रिपरिषद्को बैठकबाटै तयारी गरिएको र आगामी बिम्स्टेक सम्मेलनमा कनेक्टिभिटी, ऊर्जा, आर्थिक विकासका एजेण्डामाथि छलफल केन्द्रित गरिने जानकारी दिए।  

बिमस्टेकको अध्यक्ष राष्ट्रका नाताले सम्मेलनको आयोजनाका लागि सरकार गम्भीर भएर लागेकोे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा महासचिव नाकान्दालाले सन् २०१७ मा नेपालमा हुने चौथो सम्मेलनको तयारीमा आफू पनि गम्भीरतापूर्वक लागेको बताएका थिए। 

नाकान्दालाले नेपालका प्रधानमन्त्रीले उठाएका एजेण्डा बिम्स्टेक र सदस्य राष्ट्रको हितमा रहेको बताउँदै एजेण्डा अगाडि बढाउने दृढता व्यक्त गरे। सो अवसरमा नाकान्दालाले लुम्बिनी विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा आफूले पहल गर्ने पनि बताए।र रासस 

प्रकाशित: २४ माघ २०७३ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App