coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिले संसदीय निर्वाचन, त्यसपछि मात्र प्रदेश र स्थानीयः सोनल

वीरगन्ज– तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनमा नेकपा एमालेले गरेको विरोधलाई ‘सत्तामा साझेदारीका लागि गरिएको बार्गेनिङ’ भनेका छन्। ‘यस संविधानलााई कार्यन्यवन गर्ने पक्षमा एमाले हो भने उसले संबिधान संसोधनमा साथ दिनैपर्ने हुन्छ,’ वीरगन्जमा सोमबार एक पत्रकार सम्मेलनमा सोनलले भने, ‘अहिले काँग्रेससँग मिलेर सरकारमा जाने एमालेको रणनीति खुलिसकेको छ, केही सिट मन्त्री पायो भने एमाले पनि सरकारमा जान्छ  र संशोधनमा सहयोग पनि गर्छ।’

अहिले सरकार विगार्ने बनाउने खेल उपयुक्त नहुने उनले टिप्पणी गरे। स्थानीय तहको भन्दा पहिले संसदको निर्वाचन हुने उनले दावी गरेका छन्। ‘अहिले भनिएजस्तो वैशाख वा जेठमा स्थानीय तहको चुनाव भएन भने आकाश खस्दैन,’ सोनलले भने, ‘अहिले संविधान संशोधन गरेर कात्तिक मंसिरमा पहिले संसदको चुनाव गर्न उपयुक्त हुन्छ,’ उनले यसको लागि राजनीतिक छलफलहरु भइरहेको उनले बताए। कात्तिक मंसिरतिर संसदीय निर्वाचन हुने र त्यसपछि बन्ने नयाँ सरकारले प्रादेशिक र स्थानीय तहको चुनाव हुन्छ। यसो गर्दा देशले रानीतिक निकास पाउने र संविधान कार्यन्यवन र स्वीकार्यतामा देखिएको जटिलता हटेर जाने उनले दाबी गरे।

‘चुनावको मिति घोषणापछि तयारीका लागि एक सय २० दिनको समय चाहिन्छ, निर्वाचन आयोगले भनेको छ,’ महामन्त्री सोनलले भने, ‘स्थानीय तहमा पुर्नसंरचनामा पनि धेरै ठाउँमा बिवाद देखिएको छ, पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अवैज्ञानिक र असान्दर्भिक रहेको हामी मधेसी मोर्चाको तर्फबाट पनि भन्दै आएका छौं। यस्तोमा बिवादित स्थानीय तहको निर्वाचन गराउनु र संबिधान संसोधनलाई अड्काउनु भनेको मुलुलाई मुटभेडमा लैजानु हो ।’

प्रकाशित: २४ माघ २०७३ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App