८ वैशाख २०८१ शनिबार
समाज

विभिन्न स्थानमा एक महिलासहित चार जनाको शव फेला

काठमाडौं- देशका विभिन्न स्थानमा तीन पुरुष र एक महिला मृत फेला परेका छन्। कास्कीको पोखरा उपमहानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कमा करिब ४६ वर्षीय पुरुष मृत फेला परेका हुन्। उनको पहिचान खुल्न नसकेको पोखरा प्रहरीले जनाएको छ।

त्यस्तै सर्लाहीको हरिवन-११ स्थित सडकमा ३२ वर्षीय रङ्गेबहादुर भुजेल मृत फेला परेका हुन्। के कारणले मृत्यु भएको सोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ।

त्यस्तै म्याग्दीको बेनी–१ रत्नेचौर बस्ने २४ वर्षीय कृष्ण थापा सोही ठाउँस्थित गणेश मन्दिर नजिकको भिरमा मृत अवस्थामा फेला परेका छन्। उनको मृत्युबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै घरबाट काम गर्न बजारतर्फ हिँडेकी मकवानपुर गढी-८ कालीखोला बस्ने २४ वर्षीया आशा परियार मृत फेला परेकी छन्। उनको हेटौंडा-५ मक्रामचुली जाने बाटोमा शव फेला परेको प्रहरीले जनाएको छ। मृत्युबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित: २४ माघ २०७३ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App