८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

जनकपुर– उपप्रधानमन्त्री एंव गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध लाग्ने जोकोहीलाई नछाडिने चेतावनी दिएका छन् । खाज्य विखण्डन्डको माग गर्नुलाई कुनै पनि हालतमा अधिकारको आन्दोलन मान्न नसकिने भन्दै मन्त्री निधिले विखण्डनकारी कार्यमा नलाग्न आम नागरिककलाई सचेत पनि गराएका छन्।

धनुषाबाटै पक्राउ गरी राज्यविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको संगठित अपराध मुद्दामा सिरहा प्रहरीले थुनेर राखेको चन्द्रकान्त (सिके) राउतको कार्यकर्तालाई सचेत गराउँदै उनले सरकारले हरेक गतिविधिलाई निगरानी गरिरहेको बताए।

‘तराई, मधेश, पहाड, हिमाल सबै नेपाल हो र यो भूमिमा बस्ने सबै नेपाली हुन्’ सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार जनकपुरमा निधिले भने, ‘अहिले मुलुकमा आन्तरिक र बाह्य दुवैखाले चुनौती छ। तर, संक्रमणकाल भन्दैमा जसले जे पायो त्यै गर्न सक्दैन। सरकार कानमा तेल हालेर सुतेको छैन।’

सुगा गाउँमा आफन्तको पारिवारिक कार्यमा समेत सहभागी हुनेगरी सोमबार राजधानीबाट हेलिकोप्टर चढेर परिवारसहित जनकपुर आएका निधिले देश टुक्रयाउने चलाइएको अभियानप्रति आक्रोश व्यक्त गरे ।

‘यस्तो अभियानलाई निष्क्रिय पार्न मधेश र पहाड दुवै भूगोलका जनताले मिलेर लाग्नुपर्छ,’ उनले भने, ‘आम मधेशी जनताले मधेशलाई देशबाट अलग गर्ने विषयमा सोच्न पनि सक्दैन ।’

संविधानमा देखिएका त्रुटि र विकास तथा समावेशीको सवालमा राज्यले सुधार गर्दै जानुपर्ने र गइरहेको जिकिर गर्दै उनले थपे, ‘ठूलो परिवर्तन गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आएको छ। यसमा देखिएका त्रुटि सच्याउन संशोधन विधेयक पनि संसदमा गइसकेको छ । कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने लोकतन्त्रको चरित्र पनि हो।’

प्रकाशित: २४ माघ २०७३ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App