७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय चुनावमा भाग लिन जाजरकोटमा १२ दल दर्ता

जाजरकोट– अब हुने स्थानीय तहको निर्वाचनका लागि जाजरकोटमा १२ वटा दलहरुका विचमा प्रतिष्पर्धा हुने भएको छ।
निर्वाचन आयोगले दल दर्ताका लागि  तोकेको समयमा काँग्रेस एमालेलगाएतका प्रमुख दलहरुसहित १२ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार सबैभन्दा पहिले नेपाली काँग्रेसले दल दर्ता गराएको छ भने सबैभन्दा पछि  नेकपा माले जनसमाजवादीले दल गराएको छ।

जिल्लामा यसअघिका चुनावमा  काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगाएतले चुनावी प्रतिष्पर्धा गरे पनि यस पटक यी पार्टीका अलावा समाजवादी जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माक्र्सवादी र  नेपाल कम्युनिष्टपार्टी माले जनसमाजवादीले  पनि प्रतिष्पर्धा गर्ने  भएका हुन्।

निर्वाचन आयोगको निर्णयअनुसार दल दर्ताको लागि पुस ९ देखि माघ १७ गतेसम्मको समय दिएको कार्यालय प्रमुख  हरिबहादुर बुढाथोकीले बताए।  

उनले आफूहरुले  दल दर्ताको काम पछि निर्वाचनको अन्य तयारीको काम पनि सुरु गरिसकेको बताए। जिल्लामा अब हुने निर्वाचनका लागि आवस्यक जनशक्तिको  व्यवस्थाका लागि कर्मचारी तथा शिक्षकहरुको विवरण तयार पार्ने काम पनि गरिएको  प्रमुख वुढाथोकीले बताए।

यसअघि सम्पन्न संसदीय निर्वाचनहरुमा बढी पटक काँग्रेसले जितेको छ। २०१५, २०४८, २०५१, २०७० सालमा भएका संसदीय निर्वाचनमा काँग्रेसले कहिले पूरा कहिले एक सीट भएपनि जितेको छ भने त्यसपछि  दुई पटक  एमालेले २०४८ र २०५६ सालमा एक एक सीट र माओवादी केन्द्रले २०६४ मा दुवै र २०७० मा एक सीट जितेको छ ।

त्यस्तै राप्रपाले २०५६ मा एक पटक संसदीय चुनाव जितेको छ।  स्थानीय  निर्वाचनमा भने  एमाले र काँग्रेले  एक एक पटक वहुमत हात पारेका छन् । आगमी निर्वाचनमा  जनमत आफनो पक्षमा पार्नका लागि एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपाले  जिल्ला व्यापी  अभियान चलाएका छन्।

अहिले पालोपालो गर्दै गाउँमा प्रमुख दलहरुले  आमसभा, प्रशिक्षण र  जनता भेटघाट कार्यक्रमलाइ तीव्रता दिएका छन्। पुरानो संरचनाअनुसार २ निर्वाचन क्षेत्र, ११ इलाका र ३० गाविस रहेको  जाजरकोटमा नयाँ संविधान अनुसार बन्ने संरचनामा  एक निर्वाचन क्षेत्र, तीन नगरपालिका र ४ गाउँपालिकाको सिफारिस गरिएको छ।

प्रकाशित: २४ माघ २०७३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App