coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पक्राउ एसएसपीलाई ४ दिन थुन्न अादेश, अध्यागमन कर्मचारी र गुप्तचर पनि तानिँदै

पक्राउ एसएसपी श्यामबहादुर खत्री। फाइल तस्विर

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।

घटना अनुसन्धानका लागि खत्रीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै सिआईबीले अदालत समक्ष उपस्थित गराएको हो। उनलाई ४ दिन थुन्न अदालतले अनुमति दिएको छ।

घटना अनुसन्धानका लागि खत्रीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै सिआईबीले अदालत समक्ष उपस्थित गराएको हो। उनलाई ४ दिन थुन्न अदालतले अादेश दिएको छ। प्रहरीले उनलाई २५ दिन थुन्न माग गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार आफ्नै संगठनका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो। साढे ३३ किलो सुन बरामद घटनाको एक महिनापछि ब्युरोले विमानस्थलमा प्रहरी–भन्सार तस्करी जालो खोतल्ने प्रयास गरेको हो।

उक्त प्रकरण अनुसन्धानले विमानस्थलस्थित अध्यागमन कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सशस्त्र प्रहरीका अधिकारी, विमान कम्पनीका कर्मचारीदेखि विमानस्थलमा ग्राउन्डेड सेवा दिँदै आएका संस्थाका अधिकारीसमेत तानिँदै छन्। सुन काण्डको अनुसन्धान गरिरहेका एक अधिकारीले नेपालबाट विदेशी मुद्रा सहजै विमानसम्म पुर्‍याउने र विदेशबाट आउने सुन विमानस्थल कटाउने कार्यमा संलग्नको सूची तयार पारेको नागरिकन्युजलाई बताए।

सुन भित्र्याउने र नेपालबाट विदेशी मुद्रा पठाउने कार्यमा एक निकायको संलग्नताले मात्र सम्भव नभएको अनुसन्धान अधिकारीको संकेत छ।

उक्त प्रकरण अनुसन्धानले विमानस्थलस्थित अध्यागमन कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सशस्त्र प्रहरीका अधिकारी, विमान कम्पनीका कर्मचारीदेखि विमानस्थलमा ग्राउन्डेड सेवा दिँदै आएका संस्थाका अधिकारीसमेत अनुसन्धान दायरामा छन्।

विमानस्थलस्थित अध्यागमन कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सशस्त्र प्रहरीका अधिकारी, विमान कम्पनीका कर्मचारीदेखि विमानस्थलमा ग्राउन्डेड सेवा दिँदै आएका संस्थाका अधिकारीसमेत अनुसन्धान दायरामा छन्।

सुन र विदेशी मुद्रा तस्करीमा प्रहरी र भन्सारका कर्मचारी प्रत्यक्ष संलग्न देखिए पनि तस्करीबाट हुने आर्थिक लाभको हिस्सा सबैले प्राप्त गर्दै आएको अनुसन्धानमा देखिएको हो।

पछिल्लो एक महिनादेखि पक्राउ परेका चार सर्वसाधारण र तीन सरकारी कर्मचारीका विषयमा विवरण संकलन गरिरहेको ब्युरोले खत्रीको सम्पर्क बारम्बार भन्सारका अधिकृत श्रीनारायण यादवसँग भएको प्रमाण जुटाएको छ।

ब्युरोसँगको प्रारम्भिक बयानमा भने खत्रीले यादवसँग आफ्नो व्यावसायिक सम्बन्ध रहेको दाबी गर्दै आएका थिए। तर खत्रीको सम्पर्क यादवबाहेक तस्करी समूहका अन्य सदस्यसँग समेत रहेको एवं मुद्रा लैजान र सुन ल्याउन उनको सहयोगी भूमिका देखिएपछि ब्युरोले हिरासतमा लिएको थियो।

सुन तस्करीमा संलग्न रहेको आधार भेटेलगत्तै प्रहरी प्रधान कार्यालयले त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत खत्रीलाई फिर्ता बोलाएको थियो। ब्युरो हिरासतमा रहेका भरिया, मध्यस्थकर्ता र सरकारी कर्मचारीसँगको बयानमा प्रहरी अधिकारीसहित अन्य निकायमा कार्यरत अधिकारीको नाम र भूमिका खुल्दै गएको हो। विमानस्थलबाट प्रस्थान र आगमनका क्रममा विभिन्न भूमिका र जिम्मेवारीमा खटिएका निकायका अधिकारीसमेत ब्युरोको निगरानीमा छन्।

ब्युरो टोलीले पुस २१ मा संयुक्त अरब इमिरेटस (युएई) बाट आएका एक यात्रुको लगेजबाट २ सय ८२ थान सुनका बिस्कुट बरामद गरेको थियो। एयर अरेबियाको उडानमा दुबईबाट आएका नेपालगन्जका युवा गोपालबहादुर शाहीको लगेजमा सुन बरामद भएको थियो। ब्युरोले सुन लिन जाने दुई जना र भन्सारका दुई अधिकृत, एक सुब्बासहित थप एक जनालाई पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

शाही दुबईबाट काठमाडौं ओर्लिएको भोलिपल्टमात्र लगेज लिन भन्सार पुगेका थिए ।

दुबईबाट अवैध रूपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा४च ९११४ नम्बरको गाडीसहित पक्राउ परेका थिए। तस्करीमा संलग्न आरोपमा भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल, नायब सुब्बा श्याम श्रेष्ठ  हिरासतमा छन्।

प्रकाशित: २४ माघ २०७३ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App