coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हरिसिद्धिमा डोजर चल्यो, स्थानीय आक्रोसित

ललितपुर– काठमाडौं विकास प्राधिकरणले सडक विस्तारका क्रममा बिनासूचना घर भत्काएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीयले विरोध गरेका छन्। सातदोबाटो–गोदावरी सडक विस्तार क्रममा स्थानीयलाई थाहै नदिई गत शुक्रबार घर भत्काउन डोजर चलाएपछि स्थानीयले विरोध गरेका हुन्।

‘हामीलाई घर भत्काउनेबारे कुनै सूचना नै आएको थिएन,’ पीडित जितगोविन्द महर्जनले भने, ‘घरभित्र आमाबुबा बसिरहनुभएको थियो, बाहिरबाट एक्कासि डोजर आएर घर भत्कायो।’

उनीहरुले जग्गा र घरको क्षतिपूर्ति पाउनुपर्ने भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिनुका साथै ज्ञापनपत्र समेत बुझाएका छन्। जग्गाको क्षतिपूर्ति नदिने र घरको मात्र क्षतिपूर्ति दिने उपत्यका विकास प्राधिकरण ललितपुरका आयुक्त नारायणराज भण्डारीले जानकारी दिए। ‘हामीले जग्गाको मात्र क्षतिपूर्ति दिदैँनौ,’ उनले भने, ‘घरको मात्र क्षतिपूर्ति दिन्छौँ, यदि कोहि पीडित घर भत्काएपछि पूर्ण विस्थापित हुने अवस्थामै छ भने, अवस्था हेरर जग्गाको पनि क्षतिपूर्ति दिन्छौँ।’ उनले मुआब्जाका कारण कुनै पनि हालतमा सडक विस्तार नरोकिने बताए।

‘हामीलाई घर भत्काउनेबारे कुनै सूचना नै आएको थिएन,’ पीडित जितगोविन्द महर्जनले भने, ‘घरभित्र आमाबुबा बसिरहनुभएको थियो, बाहिरबाट एक्कासि डोजर आएर घर भत्कायो।’ उनले हरिसिद्धिका पाँच घर शुक्रबार स्थानीयलाई थाहै नदिई भत्काउन सुरु गरेको बताए। उनले जग्गा र घर दुवैको मुआब्जा नदिएसम्म सडक विस्तार गर्न नदिने बताए।

शुक्रबार सूचनाबिना घर भत्काउन थालेपछि स्थानीयले विरोध गर्दै डोजर फर्काएका थिए। ललितपुर प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले यस विषयमा सडक विभागसँग आइतबार छलफल हुने बताए।

उपत्यका विकास प्राधिकरण ललितपुरका आयुक्त भण्डारीले सूचना निकालेरै सडक विस्तार गर्न लागिएको दाबी गरे । ‘हामीले नियमअनुसार नै सूचना जारी गरेर घर भत्काउन थालेका हौँ । स्थानीयले अटेर गरेपछि डोजर चलाएका हौँ,’ उनले भने । 

 

प्रकाशित: २४ माघ २०७३ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App