coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सबै बार एक कित्ता कारोबार

काठमाडौं-सेयरधनी बन्नु छ ? आजै किन्नुस् एक कित्ता सेयर ! किनकि, अब एक–दुई कित्ता सेयर किनबेच गर्न शुक्रबारसम्म कुर्नु पर्दैन। जुनसुकै दिन एक कित्तासम्म सेयर किन्न सकिन्छ।

नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले आइतबारबाट १, २ वा ३ कित्ता सेयर जुनसुकै दिन खरिदबिक्री गर्न सकिने व्यवस्था लागू गरेको हो । यसअघि यस्तो ‘अड लट’ सेयर कारोबार गर्न शुक्रबारसम्म कुर्नुपर्थ्यो।

लगानीकर्ताले सानो कित्ता किन्नका लागि शुक्रबार नै कुर्नुपर्ने व्यवस्थाको अन्त्य गर्दैै स्टक एक्सचेन्जले नयाँ व्यवस्था गरेको हो । सामान्यतया सूचीकृत कम्पनीको मूल सेयर लगानीकर्ताले बिक्री गर्ने चलन छ। तर, कम्पनीले वितरण गर्ने एक वा दुई कित्ता बोनस वा हकप्रद सेयर सेयरधनीका नाममा रहिरहन्छ।

यसअघि त्यस्तो सेयर बिक्री गर्न शुक्रबार कुर्नुपथ्र्यो तर अब अन्य दिन पनि गर्न सक्ने व्यवस्था गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

यसैगरी, १३ कित्ता बिक्री गर्न राख्दा १० कित्ता मात्र खरिद गर्न चाहनेले उक्त सेयर कि पूरै खरिद गर्नुपथ्र्यो कि उसले उक्त कित्ता खरिद गर्न सक्दैनथ्यो । तर, अब भने उक्त १३ कित्ता खरिद गर्नुपर्दैन । १० कित्ता किन्न पनि सकिन्छ । बाँकी रहेको तीन कित्ता अर्कोलाई बिक्री गर्न सकिने पनि प्रवक्ता पराजुलीले बताए।

यसअघि दोस्रो बजारमा एकपटकमा न्यूनतम १० कित्ता सेयर खरिदबिक्री गर्न पाइने व्यवस्था थियो । एकदेखि नौ कित्तासम्म सेयर किनबेच ‘अड लट’ कारोबारका रुपमा शुक्रबार मात्र गरिँदै आएको थियो। प्रायः सेयर स्वामित्व हस्तान्तरणमा नमिलेका यस्ता कारोबार मात्र यो दिन हुने गरेको थियो । तर अब लगानीकर्ताले नियमित कारोबारमा एक कित्ता सेयरसमेत माग गरेर ब्रोकरकहाँ किनबेच आदेश दिन सक्नेछन्।

पहिलेजस्तो कागजी रुपमा रहेको सेयर कारोबार हुन बन्द भएको र डिम्याट सेयर (विद्युतीय अभिलेख अभौतिकीकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागू भएपछि १० कित्ताभन्दा कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै यस्तो व्यवस्था गरिएको नेप्सेको भनाइ छ।

प्रकाशित: २४ माघ २०७३ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App