coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

काठमाडौं- मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलले पर्वतको एक विद्यालयलाई सहयोग गरेको छ। समाजले भंगरालिमी निमाबिमा अध्यानरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहित विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।   

समाजका नब निर्वाचित अध्यक्ष नरेन्द्र क्षेत्रीले उक्त शैक्षिक सामाग्रीको लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए।  शैक्षिक तथा खेलकुद सामाग्री कार्यक्रमा प्रमुख अथिती बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष होम बहादुर पौडेलले वितरण गरेका थिए।

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायल पर्वतबाट कामको शिलसिलामा इजरायल पुगेका नेपालीहरुको संस्था हो। संस्थाले जिल्लाका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। यस अघि भूकम्पको समयमा पनि संस्थाले सामाजिक कार्य गरेको थियो।

संस्थाका अन्तर्राष्ट्रिय संयोजक अनिरुद्र सुवेदीले समाजले जिल्लामा समाजिक कार्यलाई अझ तिब्रता दिने बताए। कार्यक्रम समाजका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षता भएको थियो।

प्रकाशित: २४ माघ २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App