८ वैशाख २०८१ शनिबार
प्रविधि

भारतमा आइफोनको उत्पादन हुने

नयाँ दिल्ली(बिबिसी)–विश्वप्रसिद्ध मोबाइल फोन उत्पादक कम्पनी एप्पलले आइफोनको उत्पादन भारतमा गर्ने भएको छ । भारतको उत्तरी राज्य कर्नाटकमा एप्पलले आइफोनको उत्पादन गर्ने कर्नाटक राज्य सरकारले बताएको छ।

एप्पलले आफ्नो सुरुवाती उत्पादन कर्नाटक राज्यको प्रविधि राजधानी ब्याङ्लोरमा यसै वर्षको अप्रिल महिनाबाट सुरु गर्ने कर्नाटकका सूचना प्रविधि तथा बायोटेक्नोलोजी मन्त्री प्रियंक खर्गीले एएफपीलाई बताए । उनले भने, ‘हामी र एप्पलकाबीच समझदारी भएको छ र हामी उनीहरुले अप्रिलको अन्त्यबाट उत्पादन सुरु गर्ने कुरामा विश्वस्त छौं। ’

एप्पलले पनि आफूहरु भारतमा लगानी गर्न इच्छुक रहेको बताउँदै आधिकारिक निर्णय भने गर्न बाँकी रहेको बताएको छ । 

भारतमा एप्पल कम्पनीको फोन उत्पादन गर्नका लागि ताइवानी कम्पनी विस्ट्रन कर्पले उत्पादन प्लान्ट सेट गर्ने रिर्पोटहरुले बताएका छन् ।

एकदमै कम अनुपातमा विक्रीवितरण भएतापनि एप्पलको प्रिमियम फोनको आधाभन्दा ठूलो बजार रहेको छ जसको सुरुवाती मुल्य चार सय पचास डलरबाट रहेको छ र यसको बिक्री तिव्र गतिमा बढिरहेको छ ।

एप्पलले राज्य र केन्द्रीय सरकारसँग पटक पटक बैठकहरु गरिरहेको छ र निर्णय गर्नुभन्दा अघि समझदारीको पहल गरिरहेको छ ।

एप्पलको सबैभन्दा ठूलो उत्पादन साझेदारी ताइवानको ठूलो कम्पनी ‘फक्सकन’ हो जसले चीनमा सबैभन्दा ठूलो आइफोन कारखाना संचालन गर्ने गर्दछ।

भारतको विदेशी कम्पनीलाई व्यापारिक गतिविधि गर्न विभिन्न नियमहरु अपनाउनु पर्ने बाध्यताका कारण एप्पलले भारतमा तत्कालै आफ्नो ब्रान्डेड स्टोर खोल्न सक्दैन।

यदि भारतमा एप्पलले प्रत्यक्ष रुपमा भारतीय ग्राहकलाई आइफोन बेच्न सकेमा स्थानीय रुपमै आइफोनको ३० प्रतिशत हिस्सा ओगट्ने बताइएको छ।

आइफोनले यस हप्ताको सुरुवातमा बताएअनुसार क्रिसमस पछि उसले उसको पछिल्लो उत्पादन आइफोन सेभेन सबैभन्दा बढि बिक्रिवितरण भएको बताएको छ।

आइफोन चिनियाँ प्रतिद्वन्दीहरुको उदयका कारण एक तिहाई बिक्रि खस्केको पनि बताइएको छ।

भारतमा आइफोन प्रयोगलाई सामाजिक स्तरको संकेतका रुपमा प्रयोग गर्ने गरिन्छ तर भारतमा आइफोन एकदमै मँहगो छ ।

भारतमा १६ जिबी क्षमताको आइफोनको एक सय ९४ डलर देखि पछिल्लो आइफोन सेभेन प्लस एक हजार एक सय ६४ डलरसम्मका रहेका छन् । आइफोनका प्रतिद्वन्दीहरुको बजार मुल्य भनेको सय देखि एक सय २० डलरसम्म मात्रै पर्दछ । भारतमै उत्पादन हुन थालेपछि आइफोनको मुल्य घट्ने अनुमान गरिएको छ । भारतमा एप्पलले सुरुमा एसमबिल्ङको कार्य गर्ने र पछि उत्पादन गर्ने मन्त्री खर्गाले बताए।

 

प्रकाशित: २४ माघ २०७३ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App