७ वैशाख २०८१ शुक्रबार
अर्थ

पूर्वाधार निर्माणका सारथी

दिपक घिमिरे
महाप्रबन्धक
एडभान्स सिमेन्ट
अहिले नेपालको पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेपछि सिमेन्ट उद्योगको मार्केट स्वभाविक रुपमा बढेको छ । पूर्वाधार विकासबिना पूर्व मेचीदेखि पश्चिम महाकाली जोड्न सकिँदैन । यसकारण नेपालको विकासमा पहिलो प्राथमिकता भनेको पूर्वाधार विकास नै हो । यसमा सबैले हातेमालो गर्नुपर्छ ।
यो अभियानमा हामी पनि छौं । एडभान्स सिमेन्टको पनि आफ्नै विशेषता र ब्रान्ड छ । यही विशेषताको कारण मार्केटमा टिकेका हौं र टिकिरहने छौं । अहिले हाम्रो मार्केट २५ प्रतिशतले ग्रोथ भएको छ । बाराको जितपुरमा अरनिको सिमेन्ट नामले, रोल्पामा रोल्पा सिमेन्ट उद्योग र तनहुँको आबुखैरेनीमा सिमेन्ट उद्योगबाट ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेका छौं । आगामी दिनमा दाङको इमिलियाबाट पनि एडभान्सको ‘पिएलसी’ सिमेन्ट उत्पादन गर्ने योजनामा छौं ।
अहिले हाम्रो ब्रान्डले दैनिक २५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएका छौं ।  रोल्पामा आफ्नै क्लिंकर उद्योग छ । हाम्रो ब्रान्डले आफ्नै उत्पादनको र मेटेरियल र क्लिंकर प्रयोग गरेर स्वदेशी सिमेन्ट उत्पादन गरिरहेका छौं । उपभोक्ताको मन जितेकै कारण हामी प्रतिस्पर्धाभित्र पनि अब्बल भएका छौं ।
राज्यले पूर्वाधारको विकासमा विशेष जोड दिएको अवसरमा आम सिमेन्ट उद्योगलाई थप राहत हुने नै छ । पूर्वाधार विकासबिना हामी विश्वको विज्ञान प्रविधिसँग दौडिन सक्दैनौं । विकासमा ढिलाइ भए पनि अबको रफ्तार भने तीव्र हुनुपर्छ ।
हिजोको दिनमा ऊर्जाको कमी थियो । बाटोघाटोको अझै समस्या छ । यस्लाई राज्यकै तर्फबाट समाधान गर्नुको विकल्प छैन । अहिले विकास निर्माणमा भारतबाट सिमेन्ट ल्याइरहेको छ । यस्लाई रोक्नुपर्छ र स्वदेशी सिमेन्टलाई प्रोत्साहन दिनु राज्यको दायित्व हो । विकास निर्माणलाई आवश्यक मात्रमा नेपालमा नै उत्पादित स्वदेशी सिमेन्ट बनिसकेकाले छिमेकी देशबाट सिमेन्ट आयात गर्नु आवश्यक छैन ।
उद्योगधन्दा सञ्चालनकै क्रममा पनि विभिन्न कानुनी व्यवधान भएका कारण सरल र सहज बनाउनु आवश्यक छ । यहाँ सरकार परिवर्तनसँगै विभिन्न झन्झट र समस्या आउने गरेका छन् । यस्ता नीति–नियमलाई पूर्ण रुपमा खारेज गरेर  सरल सहज नीति–नियम निर्माण गर्न आवश्यक छ ।

रमेश थापा
प्रबन्ध निर्देशक
अर्घाखाँची सिमेन्ट
नेपालको भौतिक पूर्वाधारको विकासका लागि आम उद्योगी व्यवसायीको पहिलो चाहना हो । पूर्वाधारको विकासले नै उद्योग कलकारखानालाई दिगो र व्यवस्थित गर्दै लैजाने हो । विकासका लागि पहिलो आधार उद्योगधन्दा भएका कारण उद्योगलाई प्रोत्साहन र व्यवस्थित गर्दै लैजानु सरकारको पहिलो दायित्व हो । झन्, समग्र सिमेन्ट उद्योगको दीर्घकालीन विकाससँगै रोजगारीको नयाँ माध्यम हाम्रो उद्योग भएकाले सरकारले आवश्यक स्रोतको व्यवस्थान गर्न सके नेपालको पूर्वाधार विकासमा असहज हँुदैन ।
अर्घाखाँची सिमेन्टले अहिले नेपालको पूर्व क्षेत्रको बजार ओगट्न सफल हँुदै काठमाडौैंलाई पनि मुख्य बजारको केन्द्र बनाएको छ । हामी एक वर्षपछि नेपालकै ओपिसी सिमेन्टको १ नम्बर हुने योजनामा छौं । यही लक्ष्यसाथ आगामी वर्षदेखि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादनमा लागेका छौं । जसले नेपालको पूर्वाधार विकासका लागि सिमेन्ट क्षेत्रबाट सहयोग हुनेछ । अहिले जसरी हामीले हाइड्रोपावर, सडक, ठूला आयोजनाको पुल निर्माणका लागि हाम्रो ब्रान्डको सिमेन्टको माग छ । अर्घाखाँचीले अहिले स्वदेशी क्लिंकर प्रयोग गर्दै आएको छ । तर, क्लिंकर उद्योगसम्म पुग्नका लागि गुणस्तरीय सडक विस्तार हुन सकेको छैन। आवश्यक मात्रामा ऊर्जा वितरण गर्न सकेको छैन । यसकारण यस्ता विषयलाई सरकारले छिटै सम्बोधन गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।  
सरकारले ठूला आयोजनामा प्रयोग गर्ने सिमेन्ट र मेटेरियल जसरी भारतीय सामग्री भन्सार छुट गरेर ल्याइन्छ यो गलत छ । हामी भारतीय सामग्रीभन्दा कम छैनौं र यो सुविधा र गुणस्तरीय दिन सक्छौं । किनकि नेपालमा नै क्लिंकर उत्पादन गर्दैै सिमेन्ट उत्पादनमा यति ठूलो लगानी गरिरहेका छौं तर किन सरकार यस विषयमा गम्भीर हँुदैन । यसकारण सरकारले भारतीय सामग्रीलाई बन्द गर्दै स्वदेशी सिमेन्टको प्रयोगमा प्रोत्साहन दिनुपर्छ ।

राजु श्रेष्ठ
मार्केटिङ ब्रान्ड म्यानेजर
मारुति सिमेन्ट
नेपालमा भूकम्पपछि जसरी पुनः निर्माणको काम थालनी भएको छ । यस्ले अन्य उद्योगीलाई जसरी उत्साहित गराएको छ, हामी सिमेन्ट उद्योगीमा पनि उत्साह थपेको छ । तर, सरकारले पुनःनिर्माणलाई छिटो पहलकदमी गर्नुपर्ने देखेको छु । चाहे गाउँमा होस चाहे सहरमा । हामीले अब साँच्चिकै भूकम्प प्रतिरोधी आवास निर्माणसँगै विश्वसनीय वातावरणमा बाँच्न पाउनुपर्छ । यसकारणले पनि आधुनिक पक्की भवनमा बस्ने वातावरणको अभियानमा सरकारसँगै निजी क्षेत्र पनि आबद्ध छ भन्ने कुरा महसुस गरेको छु ।
पुनःनिर्माणसँगै सिमेन्टको माग बढेको छ । यसकारण पनि हाम्रो ब्रान्डको सिमेन्ट धेरैले निर्माणमा प्रयोग गरेका छन् । चाहे घर वा विकास निर्माणको पूर्वाधार नै किन नहोस् । हामी क्वालिटी ओपिसी सिमेन्ट उत्पादन गर्दै बजार प्रवद्र्धन गरिरहेका छौं र उपभोक्ताको विश्वासमा कमी आउन दिएका छैनौं । हाम्रो आफ्नै चुनढुंगा खानी छ । यसकारण पनि हामी अब्बल छौं ।

विष्णु अग्रवाल
जेसिबी
अहिले नेपालको विभिन्न क्षेत्रमा भौतिक पूर्वाधारको विकास र विस्तारका लागि विभिन्न टेन्डर भइरहेको छ । यसकारण हामी जेसिबी कम्पनीवालाको व्यापारमा वृद्धि भइरहेको छ । अहिले विभिन्न आयोजनाको काम हुने भएका कारण पनि आवश्यक इक्विप्मेन्टको माग बढिरहेको छ । हाम्रो मार्केट पछिल्लो समय ग्रोथ भइरहेको छ ।
अहिले गत वर्षको तुलनामा ७० प्रतिशतले व्यापार बढेको छ । सरकारले विकास निर्माणमा प्राथमिकता राखेका कारण पनि नेपालको उद्योगी व्यवसायीलाई थप प्रोत्साहन हुने मेरो विश्वास छ । तर, सरकारले उद्योगी तथा निजी क्षेत्रको अप्ठेरोहरुलाई छिटै समाधान गर्दै लैजानु पर्छ ।
हाम्रो विषयमा फ्याक्ट कुरा गर्ने हो भने हामीले चलाउने जेजिबी मेसिनहरु हेभी भएका कारण कतिपय ठाउँमा पु¥याउन समस्या छ । त्यहाँसम्म पु¥याउन सरकारले सरल माध्यम बनाई दिनुपर्छ तबमात्र विकास निर्माणले छिटो गति लिन सक्छ । सजिलो भाषामा भन्ने हो भने फाइनासियल क्षेत्रमा पनि सरकारको महŒवपूर्ण भूमिका हुन्छ । लोनको सवालमा पनि सरकारले छिटो छरितो ढंगले वातावरण बनाइदिए सहज हुन्छ ।
सरकारले जसरी सिरियस भएर सोच्छ त्यसरी नै हामी पनि सिरियस छौं । हामीले गर्ने काममा क्वालिटी इन्प्रुभ गर्दै जान्छौं । हामीले प्रयोग गर्ने बिजुली नै पहिलो प्राथमिकता भएका कारण यो पहिलो सर्त नै हुने भएका कारण प्रशासनले दिगो व्यवस्थापन गर्नुपर्छ ।
हाम्रो मेसिनमा पनि केही खराबी हुन सक्छ तर हामी क्वालीटी मेन्टेन गर्दै जान्छौं । हामीले प्रमोट गर्दै जाने वातावरण बन्नु पर्छ ।

सुजन पौड्याल
व्यवस्थापक, दोभान सिमेन्ट
पूर्वाधारको विकाससँगै देशको अर्थतन्त्रमा धेरै अन्तर आउँछ । अर्थतन्त्र बलियो हुन्छ । अर्थतन्त्र बलियो हुनु भनेको आम सर्वसाधरणको दैनिकीमा सुधार आउनु हो । यसकारण पनि पूर्वाधारको विकास आजको आवश्यकता हो ।
सरकारले पूर्वाधार विकासमा लगानी गर्नु पोजेटिप हो । तर, सरकारको ढिलासुस्तिले धेरै पूर्वाधारको विकास कागजमा मात्रै बनेका छन् । तर, सधैं यस्तो रहन्न । सरकारले पूर्वाधारमा लगानी गर्ने वातावरण हामी सबैले बनाउनुपर्छ ।
पूर्वाधार विकासमा सिमेन्ट उद्योगको पनि उत्तिकै भूमिका रहन्छ । पछिल्लोे समय पावरको समस्या भने विस्तारै हल भएको छ । तर, दीर्घकालीन हल हुन सकेको छैन । सिमेन्ट उद्योगलाई पहिलो आवश्यकता भनेको विद्युत हो । विद्युतबिना कुनै पनि काम हुन सक्दैन । यसकारण सरकारले सिमेन्ट उद्योगलाई २४ घन्टा विद्युत  वितरण गर्न सक्नुपर्छ । दोभान सिमेन्टको विषयमा भन्ने हो भने नवलपरासीबाट पश्चिम हँुदै काठमाडौंसम्म मार्केट लिएको छ । अझ विस्तारमा जोड दिइरहेका छौं ।
सिमेन्ट उद्योगको क्षेत्रमा दैनिक कारोबार हुने भएका कारण अहिले पछिल्लो समय लोन र डिपोजिटको ब्याज बढेको छ । यसले अहिले समस्यामा पारेको छ । बाँकी अरु बिजनेस राम्रोसँग चलेको छ ।

रोशन पाठक

वरिष्ट बिक्री प्रबन्धक
जगदम्बा सिमेन्ट
नेपालको पूर्वाधार विकासमा सरकार स्थिर हुनुपर्छ । जबसम्म सरकारले स्थायित्व प्राप्त गर्न सक्दैन तबसम्म पूर्वाधार विकासले गति लिनसक्दैन । यो अहिलेको भोगाइ हो । उद्योगीसँग सिमेन्ट, रड, इँटा, रोडा भएर मात्रै हुँदैन पूर्वाधारको विकास, राज्यले गम्भीर रुपमा ध्यान नदिएसम्म । यसरकाण नेपालको राजनीति र सरकार स्थिर भएपछि पूर्वाधार विकासले स्वाभाविक रुपमा गति लिन्छ ।
जगदम्बा सिमेन्टको लामो भोगाइ छ । विभिन्न झन्झट र समस्या झेल्दै अहिले सबैको लोकप्रिय ब्रान्ड बनेको छ । यही ब्रान्डकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जगदम्बा पूर्वाधार विकासमा प्रिय भएको हो ।
जगदम्बा यस्तो ब्रान्ड हो जसले नेपालमा पहिलोपटक ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गरेको छ ।
आफ्नै क्लिंकर उद्योग नभए पनि स्वदेशी र भारतीय क्लिंकर खरिद गर्दै सिमेन्ट उत्पादन गर्दे आएका छौं। हामीले भैरहवामा जगदम्बा सिमेन्ट उद्योग र विरगन्जमा शुभश्री जगदम्बा मिल्स उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गरिरहेका छौं ।

विनोद महत  
सिनियर मार्केटिङ म्यानेजर, नेपाटप अर्गनाइजेसन
नेपालमा भन्ने नै हो भने पूर्वाधारको विकास भएकै छैन भन्दा हुन्छ । फेरी शून्य नै भन्न खोजेको भने पक्कै होइन । राजधानी केन्द्रित विकास भएका छन् । काठमाडौंबाहिर विकास हुनै सकेको छैन ।
पूर्वाधारको विकास भए पनि धेरै योजनाहरु अझै अलपत्र भएको छ । किन त ? वास्तवमा राज्यले सहि अनुगमन तथा कार्यान्वयन गर्नै नसकेका कारण हो नि ! योजनाहरु समयमा नै सकिँदैन । यो ठेकेदार प्रणालीकै कारण ढिला भएको हो । यसकारण राज्यले समयमा नै तोकेको योजना सम्पन्न गर्न जिम्मा पाएको कम्पनीलाई पुरस्कृत गरौं । नसक्नेलाई के कारणले सकेन । ठेकेदारीमा ढिला सुलासुस्ती भएमा कारबाहीको दायरामा ल्याउनुपछ । अर्थात पूर्वाधार निर्माणमा चुस्त दुरुस्त गर्न सके परिवर्तन सहजै हुन्छ ।
२० वर्षसम्म कुनै योजना अलपत्र हुनु भएन भन्ने नै हो । सरकारले अबको पहिलो प्राथमिकता भनेको पूर्वााधार विकासमा नै राख्नुपर्छ । भूकम्पपछि आंशिक मात्रै पूर्वाधारको विकास हुन थालेको छ । अबको पूर्वाधार समय अवधिभित्रै गुणस्तरीय सामग्री प्रयोग गरेर सम्पन्न गर्ने लक्ष्य राज्यले लिनुपर्छ ।
नेपाटप अर्गनाइजेसन भनेको प्लास्टिको सामान उत्पादन गर्ने कम्पनी हो । हामी उपभोक्तालाई गुणस्तरिय सामग्री दिइरहेका छौं । यसकारण पनि हामी सबैले रुचाउने ब्रान्ड भएका छौं । चालु आर्थिक वर्षमा हामी ५० प्रतिशतले मार्केट ग्रोथ गर्ने योजना सहित लागिरहेका छौं ।

आनन्द नेपाल

जगदम्बा स्टिल
जगदम्बा स्टिल उत्पादनमा कुनै समस्या छैन । हाम्रो कम्पनीले अहिले बजारमा रहेको डन्डीको गुणस्तरभन्दा एक स्टेपमाथिको गुणस्तरिय डन्डी बजारमा ल्याएका छौं ।
विद्युतको निरन्तरताले गर्दा पनि डन्डी उत्पादनमा सहज भएको छ । जहाँसम्म पुनर्निर्माण र पूर्वाधार विकासको कुरा छ यसलाई आवश्यक मात्रामा दिन सक्ने डन्डी हामीसँग छ । यसमा कुनै कमी छैन । अहिले बैंकको भइरहेको उतारचढावले भने हामी उद्योगीलाई समस्या पार्न सक्छ । यसकारण यो उतारचढाव कहिलेसम्म रहने भन्ने हो । अरु त सामान्य नै छ । हाम्रो मार्केट स्वाभाविक रुपमा अन्य कम्पनीको भन्दा राम्रो छ ।

प्रस्तुति: अर्जुन तामाङ

प्रकाशित: २४ माघ २०७३ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App