coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बन्दूक सोझ्याएर चुनाबमा गराए स्थिति भयावह : ठाकुर

साक्षात्कारमा बोल्दै नेता ठाकुर

काठमाडौं—संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने दाबी गरेका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले भने, ‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन्, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित नभएपनि चुनावमा मोर्चा जान्छ।’ काँग्रेस–माओवादी गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे।

तमलोपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने,‘यदि यो सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ।’

उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुले जस्तै आफूहरु पनि सँगै लड्दै आएको उल्लेख गर्दै भने,‘हामी चुनावको विरोधी होईनौं, तर समस्याको समाधान नगरी गरिने कुनै पनि चुनावले देशलाई निकास दिँदैन्, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ।’

तमलोपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने,‘यदि यो सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार संविधान संशोधनमा उदासीन देखिएको आरोप लगाउँदै उनले भने, ‘यो सरकारले पनि आन्तरिक रुपमा फेरि धोका हुने शंका पैदा भएको छ, झुक्याउने हो कि, ढाँट्ने हो कि भन्ने लागेको छ।’

उनले स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको टिप्पणी गर्दै भने, ‘स्थानीय तहको पूर्नसंरचना नै जनताको माग होइन, मन्त्रिपरिषदले गाविसलाई नगरपालिका बनाउने काम त गरिरहेको छ नि।’
 

प्रकाशित: २३ माघ २०७३ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App