८ वैशाख २०८१ शनिबार
खेल

मैदानमा जन्मदिनको रौनक

काठमाडौं- नेपाली राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीको करिअरमा सफलताको गतिले तिव्रता लिइरहेको छ। उनी टोलीकी कान्छी सदस्य हुन्। तर उनको चर्चा टोलीको सिनियर खेलाडीभन्दा कम छैन।

नेपाली महिला टोली यतिखेर भारतसँगको मैत्रीपूर्ण खेल्ने तयारीमा जुटिरहेको छ। लगनखेलमा नियमित प्रशिक्षणमा व्यस्त छ। बुधबार प्रशिक्षण सकिएपछि टोली लगनखेलस्थित आर्मीको ट्र्याक बाहिर आएर एकाएक केक काट्न तम्तयार भयो। केक काट्न वातावरण मिलाउन तम्सिएराष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र सेटर कृपा अधिकारी। सबै प्रतिभालाई शुभकामना दिँदै थिए। प्रतिभाले केक काटिन् र सबैलाई खुवाइन्।

प्रतिभाले पहिलोपल्ट जीवनमा भिन्न तरिकाले जन्मदिनको खुसी साटिन्। आफ्नो परिवारसँगखुसी साट्दै आएकी उनले यसपालि भलिबल परिवारसँग त्यो अवसर पाइन्। १५ वर्ष पूरा गरेकी प्रतिभालाई जन्मदिनकै अवसरमा सहकर्मीहरूले अर्को सफलताका लागि अग्रिम शुभकामना दिए। त्यो थियो साउन ६ मा हुने पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल च्वाइस अवार्ड जित्नका लागि।

उक्त अवार्ड जित्न प्रतिभालेफुटबलका स्ट्राइकर नवयुग श्रेष्ठ, टेबलटेनिसकी नविता श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने र भारोत्तोलनकी तारादेवी पुनलाई पछाडि पार्नुपर्नेछ। एसएमएस र फेसबुक मतका आधारमाविजेता चयन हुनेछ। अवार्ड विजेताले मोटरसाइकल पुरस्कार जित्नेछ।

'एकदमै खुसी छु। मैले पहिलोपल्ट भलिबल परिवारसँग जन्मदिनको खुसी साटँे। यसका लागि सबैलाई धन्यावाद,' प्रतिभाले भनिन्, 'मैले देखेको एउटा सपना नजिक छु। दिदीहरू (मञ्जु, रमिला तण्डुकार, सरस्वती चौधरी) लोकप्रिय अवार्डको मनोनयनमा पर्दा जिताउने अभियानमा म लागेको थिएँ। अहिले आफै त्यो अवार्डको मनोनयनमा परेको छु। एकदमै उत्साह लागिरहेछ।'

न्यु डायमन्ड एकेडेमीमा १० कक्षामा अध्ययनरत प्रतिभालाई जिताउन परिवारसँगै स्कुल र भलिबल परिवार पनि लागिपरेको छ। बुधबार उनलाईजिताउने अभियानका लागि नेपाल भलिबल संघका निवर्तमान अध्यक्ष दानबहादुर तामाङले १० हजार र उपाध्यक्ष निरोज मास्केले ६ हजार सहयोग गरे। विगतमा लोकप्रिय वर्ष खेलाडीको नाममा दिइने पिपुल च्वाइस अवार्डमा भलिबल खेलाडीहरू दोस्रो हुनुपरेको छैन। मञ्जु गुरुङले २०६५ सालमा पहिलोपल्ट लोकप्रिय वर्ष खेलाडी भएयता सिपोरा गुरुङ, रमिला तण्डुकार, सरस्वती चौधरीले जितिसकेका छन्।

राष्ट्रिय टोलीकी सिनियर खेलाडी मञ्जु प्रतिभाले अवार्ड जित्नेमा विश्वस्त छिन्। उनले भनिन्, 'हामी खुसी छौं। पिपुल च्वाइस अवार्डको मनोनयमा पर्नु हाम्रो गर्व कुरा हो। यसले भलिबल खेलाडीको आत्मबल र थप सफलता प्राप्त गर्न सहयोग गर्छ।'

प्रतिभाले १४ वर्षमै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा उनलेसर्वाधिक स्कोर गरेर डेब्युलाई स्मरणीय बनाइन्। उनले व्यक्तिगत ५६ स्कोर जोडेकी थिइन्। भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले कांस्य पदक जित्दा पनि प्रतिभा नेपाली टोलीबाट सर्वाधिक स्कोर गर्ने स्पाइकर बनिन्।

डेब्युका क्रममा उमेरका कारण प्रतिभालाई राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमै लामो छलफल चलेको प्रशिक्षक सुदेशकुमार रिमाल सम्झन्छन्।

पहिलो प्राप्त ठूलो पुरस्कार (स्कुटी) आफ्ना प्रशिक्षक कुमार राईलाई उपहार दिएकी प्रतिभा नेपाली भलिबलकै आशालाग्दो प्रतिभा हुन्।

उनको लक्ष्य छ, 'अवार्डको मनोनयनमा पर्नुले मेरो करिअरमा ठूलो अर्थ राख्छ। तर म अहिलेको नतिजामा मात्र रमाउँदिन। न्यु डायमन्ड र राष्ट्रिय टोलीका लागि थप सफलता प्राप्त गर्ने कोसिस गर्छु।'

प्रकाशित: २३ असार २०७३ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App