७ वैशाख २०८१ शुक्रबार
खेल

मोरङलाई बहिरा क्रिकेटको उपाधि

काठमाडौं- लालन चौधरीले अलराउन्ड प्रदर्शन गरेपछि मोरङले शनिबार काठमाडौंलाई ६६ रनले निराश पार्दै राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदानमा मोरङले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाई १ सय २८ रन जोडेको थियो।

मोरङका लागी मोहम्मद साबिरले अविजित ३७ रन बनाए। मोहम्मदले ३२ बलमा ४ चौका प्रहार गरेका थिए। मोरङका लागि सुवोध थापाले २३ र लालनले २० रन बनाए। जुल्फकर अन्सारीले अविजित १८ रन जोडे।

काठमाडौंका अजय कर्ण र आर्य सिंहले समान १ विकेट लिए।

जवाफमा मोरङका लालनले ४ विकेट लिएपछि काठमाडौंले १३ ओभरमा ६२ रनमात्र जोड्न सक्यो। काठमाडौंका रिविस श्रेष्ठले १५ रन वाहेक अन्यले दोहोरो स्कोर गर्न सकेनन। रिविसले २८ बलमा १ चौका प्रहार गरे।

प्लेयर अफ द फाइनल लालनले ४ ओभमार २१ रन खर्चेका थिए। यसैगरी मोरङका रञ्जन निरौलाले २ विकेट लिए भने आरिफ अन्सारी, विधान चौधरी र मोहम्मदले समान १ विकेट लिए।

मोरङका लालन प्रतियोगितामा म्यान अफ दी सिरिजको रुपमा पुरस्कृत भए। उनले ४ खेलमा ८० रन जोडेका थिए।

मोरङकै मोहम्मद उत्कृष्ट ब्याटसम्यान र लालनले उत्कृष्ट बलरको ट्रफी जिते। मोहम्मदले प्रतियोगिताभर १ सय ३७ रन जोडेका थिए।

विजेता मोरङले ५० हजार र उपविजेता काठमाडौंले ४० हजार रुपैयाँ पायो। तेस्रो भएको सुनसरीले ३० हजार रुपैयाँ जित्यो।

प्रकाशित: २३ माघ २०७३ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App