काठमाडौं- सञ्चालनको पहिलो वर्ष बिरामी अभाव झेलेको सिभिल अस्पतालले अहिले चाप बढ्दा शऒ्ढया अभाव भएको छ। पर्याप्त शऒ्ढया नभएपछि अस्पताल आएका बिरामी अन्यत्रै जान बाध्य छन्। यो अस्पताल नेपाल सरकारका बहालवाला तथा अवकाश प्राप्त कर्मचारी र सर्वसाधरण दुवैलाई सेवा दिने उद्देश्यले २०६७ सालमा स्थापना भएको हो। सुरुका वर्षमा अस्पतालमा जनशक्ति र बिरामी दुवैको अभाव थियो। अहिले भने उपचार गराउन आउने बिरामी बढेका छन् तर भर्नाका लागि पर्याप्त शऒ्ढया छैनन्।
'यहाँ आउने बिरामीलाई उपचार सेवा दिएका छौं तर भर्ना गनुपर्ने अवस्थाका बिरामीलाई शऒ्ढया अभावमा बाहिर पठाउनुपर्ने बाध्यता छ', अस्पतालका निर्देशक दीर्घराज आरसीले भने। उनका अनुसार यो अस्पतालमा दैनिक ५० जना भर्ना हुने अवस्थाका बिरामी आउँछन्। तीमध्ये दैनिक १५ देखि २० जनालाई मात्र भर्ना गर्न सकिन्छ।
हाल अस्पतालमा १ सय ३२ शऒ्ढया छन्। बिरामीको चापअनुसार शऒ्ढया दोब्बर गराउनुर्ने आवश्यकता रहेको अस्पतालले जनाएको छ।
चीन सरकारद्वारा निर्मित यस अस्पतालमा बिरामीको चापसँगै भवन थप्नुपर्ने देखिएको छ। चीन सरकारले थप एक भवन बनाइदिने सम्झौता भएको छ। चीन सरकारले रसुवाको स्याफ्रुबेसी सडक निर्माणको बजेटभित्रै यो भवन बनाउने भएको हो। भवन निर्माणका लागि बजेट र मिति भने अझै नतोकिएको निर्देशक आरसीले बताए। बिरामीको चाप बढेकाले छिटो भवन निर्माण हुनुपर्ने देखिन्छ। 'सरकारी तहमा सम्झौता भएकाले छिटो भनवन निर्माणका लागि पहल गरिदिए हुन्थ्यो', निर्देशक आरसीले भने।
प्रकाशित: २३ माघ २०७३ ०३:१२ आइतबार