विदेशबाट सांसद भाडामा ल्याएमात्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : महासेठ

शनिबार, २२ माघ २०७३, १८ : ५६ नागरिक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र सरकार लागि परेको आरोप लगाएका छन्।

शनिबार रिपोटर्स क्लबमा बोल्दै महासेठले भने,‘संविधान संशोधन कसका लागि हो ? नेपाल र नेपालीहरुको लागि हो कि वा विदेशी देउता वा शक्तिहरुको लागि हो ?’ उनले मधेसी जनताले अहिले संविधान संशोधन नभएर कार्यान्वयन चाहेको जिकिर गरे।

उनले मधेसी जनता यो संविधान लागु होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै थपे,‘पूरै ७५ जिल्लाका जनताहरुले अहिले संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने माग गरेका छन्।’ महासेठले प्रधानमन्त्री पुष्पकम दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको भाँजो हाल्ने काम गरेको समेत आरोप लगाए।

उनले भने,‘संविधान संशोधनले न मधेसलाई फाईदा गर्छ न त देशलाई नै, नेपाल रहेमात्रै मधेस रहन्छ, नेपाल नै नरहे मधेस कहाँ रहन्छ र?’

उनले निर्वाचन र संविधान संशोधनको अन्र्तवस्तुमा कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे। नेता महासेठले एमालेलाई कसैलेपनि राष्ट्रवादको पाठ नपढाउन चेतावनी दिए। उनले थपे,‘हामीले जनताबाट पाठ सिकिसकेका छौं, भन्नेले जे–जे भनेपनि हुन्छ, हामी देश र जनताको पक्षमा काम गर्छौं।’

उनले संविधान संशोधनको बहानामा प्रचण्ड नेतृत्वको सरकारले आयु लम्ब्याउने काम गरिरहेको समेत आरोप लगाए। ‘विदेशी शक्तिलाईपनि अहिले चुनाव चाहिएको छैन’ उनले भने,‘चुनाव नगर्ने खेलमा लाग्ने हो भने जनताले प्रचण्ड र देउवालाई कहाँ फाल्छ त्यो उहाँहरुले कल्पनापनि गर्न सक्नुहुन्न्।’

उनले जेठमा चुनाव गर्न नसकिने भनेर गृहमन्त्रालयले भनिरहेको कुरा आफूहरुले थाहा पाएको उल्लेख गर्दै चुनाव कुनैपनि बहानामा टार्न नहुने बताए। नेता महासेठले प्रचण्ड नाम मात्रैको प्रधानमन्त्री भएको समेत जिकिर गरे। उनले थपे,‘क्याविनेटमा अर्को एड हक प्रधानमन्त्री पनि छन्।’

उनले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरे। उनले अघि थपे,‘संविधान संशोधनको कल्पना नै गर्न सकिँदैन, नेपालका सांसदले यसलाई पारित गर्दैनन्, काँग्रेस–माओवादीभित्र नै विद्रोह हुन्छ, यदि पास गर्ने हो भने विदेशबाट सांसद भाडामा ल्याउनुपर्छ।’








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad