'संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन'

शनिबार, २२ माघ २०७३, १८ : २२ नागरिक

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै खनालले भने,‘संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन्, हिजो मधेसी मोर्चाका नेताहरुलाई पनि प्रधानमन्त्रीले संशोधन टुँगो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वस्त पार्नुभएको छ, र मोर्चाका नेताहरुलेपनि सकारात्मक सहयोग गर्नुपर्छ भनेर प्रमले भन्नुभएको छ, मोर्चा र प्रधानमन्त्रीवीच हिजो जुन सहमति भएको छ, अब त्यसलाई कार्यान्वयन गरेपछि मात्रै चुनावको मिति घोषणा हुन्छ।’

साक्षात्कारमा बोल्दै उनले भने,‘संविधान संशोधन प्रक्रियालाई नै अहिले प्रधानमन्त्रीले तदारुकताका साथ अगाडि बढाईरहनुभएको छ, संविधान संशोधन गरेर सबैलाई मिलाएर चुनावमा जाँदा राम्रो हुन्छ, र देशलेपनि निकास पाउँछ, चुनाव राष्ट्रिय सहमतिमै हुनुपर्छ, यसमा एमालेलेपनि वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ।’

खनालले अहिले मुलुकमा दुई थरी विचारहरु देखा परेको बताउँदै थपे,‘एकथरी अहिले संविधान संशोधन नगरौं, बरु चूनाव गरौं भनेर लागिपरिरहेको छ, अर्को थरी चाहीँ संशोधन गरेर समस्याको हल गरेर चुनावमार्फत देशलाई अघि बढाउनुपर्छ भनिरहेको छ।’

उनले वर्तमान सरकारको गठन नै मधेस मुद्दा हल गर्ने र चुनाव गरेर संविधान कार्यान्वयन गर्नको लागि भएकोले सरकारले निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गराएर छाड्ने उद्धघोष गरे। संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिरहेको बताउँदै खनालले भने,‘परिणाम जे आएपनि अब मधेसी मोर्चालेपनि निर्वाचन र संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ।’








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad