coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इटहरी पुगेर ओलीले भने: सरकारको औचित्य छैन

इटहरी- एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसके औचित्य नभएको बताएका छन्। उनले तत्काल निर्वाचन नभए देश र जनताले पाएका उपलब्धी सबै गुम्न सक्ने बताए।

                ‘यदि निर्वाचन नभएमा मुलुक ठूलो दुर्घटनामा फस्नेछ,’ सुनसरीको सदरमुकाम इनरुवामा शनिबार आयोजित आमसभालाई सम्बोधन गदैं अध्यक्ष ओलीले भने, ‘देशलाई संकटबाट टार्नका निम्ति निर्वाचन नै अन्तिम विकल्प हो।’ उनले अहिलेको  सरकारले चुनाबको वातावरण भाड्ने मात्र काम गरेको आरोप लगाए । ‘२०७४ माघभित्रमा तीनै तहको निर्वाचन नभएमा मुलुकमा ठूलो दुर्घटना निम्तिनेछ,’ उनले भने, ‘राष्ट्रिय, लोकतन्त्र र संक्रमणकालको अन्त्य गर्नका निम्ति तत्काल निर्वाचन घोषणा गर्नुपर्छ ।’ उनले एमालेले जसरी  पनि निर्वाचन गराएरै छाड्ने दावी गरे ।

                तराई–मधेसमा एमालेविरोधी भावनालाई चिर्नका लागि आयोजित आमसभामा अध्यक्ष ओलीले थोरै समय सरकारको आलोचना गर्न खर्चिएपनि अरु समय एमालेले मधेसमा गरेका कार्यको चर्चा गरे। ‘एमाले सरकारमा छँदा सवैभन्दा बढी विकास बजेट तराई–मधेसका जिल्लामा बाडफाड गरि विकास–निर्माण गरेको छ,’ उनले भने, ‘एमालेले गरेको विकास–निर्माणलाई मधेसी जनताले अबको निर्वाचनमा मूल्यांकन गर्नुपर्छ।’

                ओलीले तराई–मधेसमा कृषि कार्यक्रमलाई आधूनिकीकरण र वैज्ञानिकीकरण गरि खाद्यन्नमा मुलुकलाई आत्मानिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । ‘तराई–मधेस अन्न उत्पादनका लागि उर्वरभूमि भएपनि बर्षेनी खाद्यन्न विदेशबाट आयत गर्नुपरेको छ।  कृषिलाई आधूनिकीकरण गर्न सक्दा देशलाई पूर्णरुपमा आत्मानिर्भर बनाउन सकिनेछ,’ उनले भने।

आमसभामा एमाले केन्द्रीय सचिब भिम आचार्यले मधेसका मुद्दा अघि सार्ने पार्टी एमाले भएपनि तराई–मधेसमा गलत भ्रम फैलाउने काम भइरहेको बताए । ‘सरकारले ल्याएको संविधान संसोधन प्रस्ताव मधेस बिरोधी छ,’ उनले भने, ‘यसमा तराई–मधेसमा जनता सचेत हुनुपर्छ।’

प्रकाशित: २२ माघ २०७३ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App