coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्यान्सरबारे विद्यालय स्तरमै चेतना आवश्यक: मन्त्री थापा

काठमाडौं– स्वास्थ्य मन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहको शिक्षामै पाठ्यक्रममा समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्। विश्व क्यान्सर दिवसको अवसर ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र महिला क्यान्सर सम्बन्धि परीक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले विद्यालय तहबाटै क्यान्सर सम्बन्धी शिक्षा दिन मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरी सकेको जानकारी दिएका हुन।

चेतनाको कमीले पनि मानिसमा क्यान्सर बढिरहेको धारणा राख्दै उनले भने, ‘व्यक्तिगत जीवनशैलि पनि मूख्य रुपमा क्यान्सर रोग संग जोडिएको छ । क्यान्सरलाई न्युनिकरण गर्न चैत १ गतेबाट खुला पसलमा चुरोट बेच्न रोक लगाउने छौं।’

सरकारले विपन्न वर्गका लागि क्यान्सर सहित विभिन्न रोगको उपचारमा एक लाख उपचार सहयोग दिने घोषणा गरी सकेको जानकारी गराउँदै मन्त्री थापाले त्यसलाई थप व्यवहारीक बनाउन मन्त्रालयले रकममा केहि थप गरेर औषधिको मूल्य घटाउने तयारी गरेको बताए। 

सरकारले अस्पतालहरुलाई आवश्यक उपकरण खरिदका लागि आर्थिक रकम उपलब्ध गराएपनि उपकरणहरु खरिद नगर्ने गरेको सुनाउँदै उनले भने, ‘जनताको उपचाका लागि आवश्यक सामान किन्न भनेर सरकारको अरवौं रुपैँया पैसा बैंकमा थन्किएका छन् तर, अस्पतालहरुले उपकरण खरिदमा ध्यान दिएक छैनन्।’

उपकरण अभाव छ भन्दै पटक पटक सरकारी अस्पतालका कर्मचारीहरु मन्त्रालयमा आउने गरेको स्मरण गर्दै उनले थपे, ‘सरकारी स्वमित्वमा रहेका अस्पतालहरु सामान किन्न मान्दैनन् ।’

महिलामा स्तन र पाठेघरको क्यान्सर बढी हुने गरेको भन्दै प्रतिष्ठानले प्रारभिक रुपमा महिलाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको जनाएको छ । नेपाल क्यान्सर हस्पिटलको सहयोगमा भएको स्वाथ्य परिक्षणमा तीन सय महिलाहरुको स्वास्थ्य जाँच गरीएको छ ।

 

प्रकाशित: २२ माघ २०७३ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App