६ वैशाख २०८१ बिहीबार
समाज

नवजात शिशुको ज्यान गएपछि पाटन अस्पतालमा तनाव

ललितपुर– डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसर घेराउ गरेका छन्। कास्की पोखराकी प्रमा थकाली (श्रेष्ठ) को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएपछि मृतक शिुशुका आफन्तले सत्यतथ्य छानबिन गर्न माग गर्दै अस्पताल घेराउ गरेका हुन्।

अस्पताल प्रशासनकै लापर्वाहीका कारण शिशुको ज्यान गएको पीडित परिवार र आफन्तको भनाई छ। उनीहरुले जन्मेको ५ दिनपछि नवजात शिशुको ज्यान जानुमा अस्पतालकै लार्पवाही भएको भन्दै सत्यतथ्य छानवीन गरी दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग राखेका छन्।

डाक्टरहरुले भर्खरै जन्मेको शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराएको र त्यसको मात्रा बढी भएका कारण शिशुको ज्यान गएको मृतक शिशुकी हजुरआमा अनिता धितालकाे दाबी छ।  

डाक्टरहरुले भर्खरै जन्मेको शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराएको र त्यसको मात्रा बढी भएका कारण शिशुको ज्यान गएको मृतक शिशुकी हजुरआमा अनिता धितालकाे दाबी छ।  

‘बच्चा जन्माउँदा भ्याकुम गरेर तान्दा शिशुको टाउँकोमा चोट लागेको थियो,’ उनले भनिन्, ‘सोमबार जन्मिएको शिशुको शुक्रबार राति अचानक मृत्यु हुनु नर्सहरुको हेलचेक्र्याई कारण हो।’

शिशुका बाबु आशिष श्रेष्ठका अनुसार बच्चालाई जन्मेको १७ घण्टापछि औषधि सेवन गराइएको थियो। नर्मल डेलीभरी’बाट जन्मेको बच्चाको मृत्यु हुनु आश्चर्यजनक भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासनसँग सत्यतथ्य छानबिन माग गरेका हुन्। शिशुका बाबु श्रेष्ठले प्रमा थकाली पाटन अस्पतालमै चार महिनादेखि निरन्तर स्वास्थ्य जाँच गराउँदै आएको बताए।

कास्की पोखराकी प्रमा क्षेष्ठले गत माघ १७ गते सोमबार अस्पतालभित्र जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। जुम्ल्याहामध्ये पहिला जन्मेको शिुशुको ज्यान गएपछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच विवाद भएको हो। शिशुका आफन्तहरुले दोषीलाई कारवाही नभएसम्म मृतकको शव नबुझने बताएका छन्। पीडितहरुका अनुसार अस्पताल स्रोतले सुत्केरी भएदेखि हालस्म्मको रिपोर्ट उपलब्ध गराउन समेत मानेको छैन।

शिशुलाई अस्पतालले शुक्रबार राति १०ः३० बजे मृत घोषणा गरेको थियो। बच्चालाई १८ घण्टा पहिलेदेखि आइसीयूमा राखेर उपचार गराइएको थियो।

यता मृतक शिशुको उपचारमा संलग्न डाक्टर सम्पर्कमै आउन चाहेनन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले शिशुको मृत्युको कारणबारे आफूलाई थाहा नभएको बताए।

उनले भने, ‘शिशुको मृत्यु कसरी भयो भन्ने विषयबारे अहिले अनुसन्धान गरिरहेहका छौँ, यदी उपचारमा संलग्न डाक्टरहरुकै कारण शिुशको ज्यान गएको रहेछ भने सम्बन्धित डाक्टरलाई कारवाही गछौँ।’ उनले शिशुका आफन्तहरुले अस्पताल प्रशासनसँग समन्वय गर्नुको साटो बाहिर बसेर हल्ला फिँजाएको आरोप लगाए ।  
 

प्रकाशित: २२ माघ २०७३ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App