युरेनियम अन्वेषण

'खतरनाक युरेनियमको हल्ला फिँजाउँदा अन्तरार्ष्ट्रिय सुरक्षा खतरा'

बिहिबार, २३ असार २०७३, ०० : ०० दीपक खरेल  | @DeepakKharel037

काठमाडौं- विश्वमै 'रणनीतिक' महत्वको खनिज मानिने युरेनियम खानी नेपालमा पाइएको विषयमा सरकारका बहालवाला मन्त्री र वरिष्ठ अधिकारीले नै गोप्यता भंग गरेकोमा सुरक्षाविदले आपत्ति जनाएका छन्।

राज्यले गोप्य रुपमै अन्वेषण र अनुसन्धान गर्नुपर्ने विषयमा जिम्मेवार अधिकारीबाटै प्रचार गरिनु दीर्घकालीन रुपमा सुरक्षा चिन्ताको विषय बन्ने उनीहरुको भनाइ छ।

सुरक्षा प्रबन्ध कमजोर रहेको स्थानमा युरेनियमका विकीरण फेला परेको भरमै सार्वजनिक गरिनुले उल्टै समस्या थप्ने सुरक्षाविद बताउँछन्।

पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले राज्यले सम्बन्धित मन्त्रालय र अधिकारीलाई मात्र जानकारी गराउने विषयमा हल्ला गर्नु उचित नभएको बताए। अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण मानिने युरेनियम यहाँ भेटियो, यति छ, यसो गर्दैछौं भन्नु गलत भएको कटवालले जनाए।

'स्टेटले अति गोप्य राखेर अनुसन्धान र अन्वेषण गर्नुपर्ने हो, यसले सुरक्षा चुनौती थपिन सक्छ, सम्बन्धित अधिकारी र मन्त्रालयलाई मात्र जानकारी गराउनुपर्छ,' पूर्व प्रधानसेनापति कटवालले भने।

उद्योगमन्त्री सोमनाथ पाण्डेको अगुवाइमा असारको दोस्रो साता सरकारी टोली नुन, पेट्रोल र युरेनियम खोज्न मुस्ताङ गएको थियो। खानी तथा भूगर्भ विभागका अधिकारी र प्राविधिकसहितको टोलीले मुस्ताङका नांगा डाँडा कोतर्दै  युरेनियम भेटिएको घोषणा फिल्डबाटै गरेको थियो।

सरकारी टोलीले दुई वर्षअघि गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदनकै आधारमा विभिन्न स्थानमा अवलोकन गरेको थियो। अनि मन्त्री र सरकारी अधिकारीले मुस्ताङमै सार्वजनिक गरे, 'हामीसँग यति मात्रामा युरेनियम छ।' मन्त्री पाण्डेसँगै खानी विभागका सोमनाथ सापकोटा, राजेन्द्र खनाल र रामप्रसाद घिमिरेको समूह मुस्ताङ पुगेको थियो।

विश्वबजारमा महँगो र अति गोप्य राखिने अति दुर्लभ र खतरनाक मानिने युरेनियमलाई मन्त्री पाण्डे र सरकारी टोलीले अति सरल र सहज तरिकाले सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय शत्रु र माफियालाई निम्ता दिनु बराबर रहेको सेनाका पूर्वरथी बालानन्द शर्मा बताउँछन्।

'युरेनियमका विषयमा विज्ञ प्राविधिक, पहिचान गर्न आवश्यक उपकरण र यसले पार्न सक्ने सम्भावित चुनौतीको विश्लेषण नै नगरी हल्ला गर्ने सरकारी रबैया ठिक देखिएन,' शर्माले भने। उनले विभिन्न देशले आफूसँग भएरसमेत लुकाउँदा शक्तिराष्ट्रले पत्ता लगाएका घटना सार्वजनिक भइरहेका बेला नेपालजस्तो न्यून साधनस्रोत भएको देशले हल्ला गर्न नहुने औंल्याए।

खानी तथा भूगर्भ विभागले उपल्लो मुस्ताङमा युरेनियमका विकीरण फेला परेको सार्वजनिक गरेको हो। अघिल्लो अन्वेषणमा संलग्न खानी विभागका एक अधिकारीले महत्वपूर्ण स्रोतका विषयमा राज्य गम्भीर नहुँदा अनावश्यक संकट थपिएको बताए। उनले युरेनियमका कारण  छिमेकी देशसहित विश्व आतंकवादको नजरमा समेत नेपाल पर्नेतर्फ जिम्मेवार अधिकारी सचेत हुन जरुरी भएको बताए।

'हामी सकेसम्म छिटो यो खानीबाट कसरी लाभ लिन सकिन्छ त्यसमा अघि बढ्नेछौं,' स्थलगत अध्ययनकै क्रममा मन्त्री पाण्डेले भनेका थिए, 'विज्ञहरुको रायसल्लाह लिएर अन्तर्राष्ट्रिय मापदण्ड, सन्धि र नियमको परिधिमा रहेर युरेनियम उत्पादन गर्न सरकार दृढ छ।'

संयुक्त राष्ट्रसंघमा नेपाल आणविक अस्त्र प्रयोग नगर्ने राष्ट्रको सूचीमा छ। यस्तै, नेपालले आणविक अस्त्रको विपक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा मत राख्दै आएको छ। नेपालले ऊर्जा र मेडिकल प्रयोगबाहेक युरेनियम बेचबिखन र ओसारपसार गर्न कठिन भएको विश्लेषकको मत छ।

नेपालमा युरेनियम रहेको पुष्टिसँगै यसका थप प्रक्रियाका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सल्लाह, सुझाव र रोहबरमा अघि बढ्नुपर्ने ती अधिकारीले बताए।

नेपालमा अहिलेसम्म आणविक ऐन छैन। त्यस्तै सुरक्षाको प्रबन्ध र रणनीतिसमेत नहुँदै सरकारले हल्ला गरेको हो। सरकारले करिब दुई वर्षअघि आणविक ऐन मस्यौदा गरेर कानुन आयोगमा पठाइसकेको छ। हाल केही निजी कम्पनी चीन र भारतका तर्फबाट नेपालमा रहेका खानीको व्यापारीकरणका लागि ऐन पास गराउन सक्रिय रहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री पाण्डे व्यवसायीको हितमा दौडिरहेका छन्।

के हो युरेनियम?

युरेनियम एक किसिमको धातु हो। यसको प्रयोग दुई किसिमले हुन्छ, इन्धन र पारमाणविक हतियार निर्माणमा। कैयौं देशले यसबाट बिजुली उत्पादन गरिरहेका छन्। यसको उपयोग औषधिमा पनि हुन्छ। पहिले–पहिले रंगीन सिसामा पनि यसको प्रयोग गरिन्थ्यो। यस्तो प्रयोगले हानि गर्ने देखिएकाले अहिले प्रयोग गर्न छाडिएको छ। युरेनियम चट्टानमा हुन्छ र यो कहिलकाहीँ देखिने र नदेखिने रुपमा हुन्छ। कुन चट्टानमा युरेनियम छ भनेर रेडियोधर्मी विकीरणमार्फत थाहा पाउन सकिन्छ। यो चट्टानमा भएको यौगिकहरू कार्नोसाइड, युरानी साइड, अतिसाइडजस्ता यौगिक प्रशोधनबाट एलोकेट निकालिन्छ। त्यसलाई प्रशोधन गरेर युरेनियम निकालिन्छ। यसको पारमाणिक भार १९.०५ क्युबिक सेन्टर हुन्छ। यो विशेष गरी अक्साइड फर्ममा हुन्छ। अस्ट्रेलियामा विश्वको सबैभन्दा ठूलो युरेनियम भण्डार छ। युरेनियम उत्पादनमा भने यो देश तेस्रो स्थानमा पर्छ। अस्टे्रलियाले आफूले उत्पादन गरेको सबै युरेनियम निर्यात गदर्ैै आएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad