coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि खोटाङमा १२ अाेटा दल दर्ता

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङमा १२ वटा दलले आफ्नो नाम दर्ता गराएका छन्। स्थानीय तहको चुनावलाई लक्षित गर्दै नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा माले, नेपाली कांग्रेस, राप्रपा, नयाँ शक्ति नेपाल, संघीय समाजबादी फोरम, नेकपा माले–जनसमाजबादी, चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेसन र खम्बुवान राष्ट्रिय मोर्चाले आफ्नो दल दर्ता एवं विवरण अद्यावधिक गराएका हुन्।

नेपालको संविधानको धारा २६९ बमोजिम राजनैतिक दलको विवरण अध्यावधिक गराउनु पर्ने प्रावधानअनुरुप जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दलको नाम दर्ता तथा विवरण अद्यावधिक गरेको हो। कार्यालयले दलको विबरण अद्यावधिकका लागि माघ १७ गतेसम्मको समय दिएर दललाई पत्राचार गरेको थियो।

दर्ता भएका मध्ये नेकपा माले–जनसमाजबादी, चुरेभावर लाकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रीन अर्गनाइजेशन पार्टी जिल्लाका लागि नयाँ पार्टी हुन्। दलको नाम दर्तासँगै केन्द्रीय र जिल्ला कार्यालय, कार्य समितिको नामावली, सम्पर्क नम्बरलगायतका विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।
नेपालको संविधानको धारा २७१ मा राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दल दर्ता गराउनुपर्ने उल्लेख छ। यस पटकदेखि निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाहेक केन्द्र, प्रदेश र जिल्लामा समेत दल दर्ता गराउनुपर्छ ।

दुई हजारभन्दा बढि फोटोसहितको मतदाता नामावली थप

खोटाङमा २ हजारभन्दा बढि फोटो सहितको मतदाता नामावली थप भएको छ । फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिककाक्रममा थप २ हजार ५३१ फोटोसहितको मतदाता नामावली संकलन भएको हो । जिल्लाको फोटोसहितको मतदाता नामावलीको सूचीमा थप १ हजार ४८६ पुरुष र १ हजार ५४ जना महिलाको नामावली थपिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । स्थानीय तहको निर्वाचनको चर्चा चलिरहेकाबेलामा निर्वाचन कार्यालयले जिल्लाका एक नगरपालिका र ७२ गाबिसमा फोटो सहितको मतदाता नामावली संकलन गर्नकालागि पुस १४ गतेदेखि माघ १४ गते अभियान चलाएको थियो । यस सँगै जिल्लामा फोटो सहितको मतदाता नामावलीको संख्या १ लाख १६ हजार ३८७ पुगेको छ । ‘मृत्यु भएका मतदाताको नामावली अधिकांश गाबिस सचिवले अद्यावधिक गरेको छैन,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘त्यस कारण फोटोसहितको मतदाता नामावलीको यो संख्यामा दुई–चार सय जना तलमाथि हुन सक्छ ।’

निर्वाचनको टोलीले प्रत्येक गाबिसमा दुई÷दुई दिन बसेर १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटो सहितको मतदाता नामावली संकलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत बिबरण भरिएका मतदाताको बिवरण अद्यावधिक लगायतका काम गरेका थिए । १२÷१२ गाविसको ६ वटा क्लष्टर बनाएर फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकका काम सम्पन्न गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २२ माघ २०७३ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App