coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीरबाट लडेर एक युवकको मृत्यु

सुमन मल्ल

मुगु– मुगु जिल्ला जिमा गाविस ६ बस्ने वर्ष २४का रमेश सुनारको भीर बाट खसेर मृत्यु भएको छ।

सुनार शुक्रबार दिउँसो बाख्रा चराउन जिमा गाविसको कुलाहा भन्ने वन क्षेत्रमा गएका बेला उनको भीरबाट खसेर मृत्यु भएको भवानि माध्यामिक विद्यालय  पुरुमुरुका शिक्षक सुवास चन्द्र मल्लले जानकारी दिएका छन्।

सुनार कुलाहा भन्ने स्थानमा भीर बाट १ सय मिटर तल खसेको र घटना स्थानमा नै उनको मृत्यु भएको शिक्षक मल्लले टेलिफोन बाट जानकारी दिएका छन्।

घटना भएको ठाँउ सदरमुकाम गमगढी बजार बाट १ एक दिन पैदल टाढा रहेको हुँदा समयमा जिल्ला सदरमुकाममा खवर आउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

प्रकाशित: २२ माघ २०७३ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App