coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

आलोचनाले 'अर्थ' बढाउँछ

सिनी एन्टोनी (चेतन भगतका पुस्तकको सम्पादन गर्ने सिनी एन्टोनीसँगको अन्तर्वार्ता)

लेखक तथा बैंगलोर साहित्य महोत्सवका सहसंस्थापक सिनी एन्टोनी चेतन भगतका पुस्तकहरूको सम्पादक पनि हुन्। यो भूमिकाले उनलाई भारतका धेरै पढिने पुस्तकबारे धारणा बनाउन सघाएको छ।

चेतन भगतको प्रवृत्तिलाई तपाईं कसरी हेर्नुहुन्छ? एकातर्फ, उनी भारतको सबैभन्दा धेरै बिक्री हुने पुस्तकका लेखक हुन् भने अर्कोतर्फ उनलाई घृणा गर्ने वा मन नपराउनेको जमात पनि छ। खासमा मैले उनलाई एउटा टेलिभिजन शो ‘लभ टु हेट यु’मा देखेको सम्भि्कन्छु। त्यो नै मैले पहिलोपल्ट उनलाई स्त्रि्कनमा यो विषयमा बहस गरेको देखेको हुँ।

चेतनले विरोधलाई वास्ता गर्छन् जस्तो मलाई लाग्दैन किनभने एकपल्ट हामीले एकदमै डरलाग्दो समीक्षा पढेका थियौँ। मलाई निकै रिस उठेको थियो र म तनावमा थिएँ। मैले उनीसँग कुरा गरेँ। 'तिमीले नवआगन्तुकजस्तो महसुस गर्नुपर्छ। कसैले यति धेरै ध्यान दिएर तिम्राबारे आलोचना गरिरहेको छ भने सम्झ– उनीहरूका लागि तिम्रो अर्थ छ। हरेकचोटि कसैले उनीहरूको व्यस्त जीवनबाट समय निकालेर म कति फाल्तु लेखक हुँ भन्छ भने, मलाई त्यसो गरेको मन पर्छ।’

म टेलिभिजन हेर्दिनँ तर उनको पहिलो पुस्तक प्रख्यात भएपछि यो सबै भयो। मैले अन्य धेरै बिक्री हुने पुस्तकहरूका लेखकका कृतिलाई सम्पादन गरेकी छु। म मेरा सबै लेखक र मैले सम्पादन गरेका पुस्तकहरूको साथमा छु। म ती पुस्तकहरू मन पराउँछु। म तिनमा विश्वास गर्छु।

मेरा लागि चेतनका पुस्तक सम्पादन गर्नु ठीक छ। उनी प्रसिद्ध भएका छन्। मैले मेरो एक जना पारिवारिक साथी मसँग भेटेका बेलामा डाँकोको स्वरमा मलाई भगतका लेखनीबारे प्रश्न सोधेको सम्भि्कन्छु। 'के त्यो साहित्य हो?' र त्यतिबेला मैले महसुस गरेकी थिएँ– वास्तवमा उनी निकै कडा रहिछन्।

मैले यस्ता मानिसहरू पनि भेटेकी छु जसले मलाई उनीहरूले राम्रोसँग चिनेझैँ गरी अँगालो हालेका छन्। यो सबै मैले चेतनको पुस्तक सम्पादन गरेकाले भएको हो। मैले चेतनको पुस्तक सम्पादन गरेको मन नपराएर मसँग बेकामे तर्क गर्ने मानिसहरू पनि भेटेकी छु। मलाई यी दुवै कुराले खास फरक पार्दैन। अत्यधिक प्रशंसा र अत्यधिक आलोचना दुवै अति हुन्।

तर तपाईंलाई भगतलाई मन पराउने र नपराउने विषयमा किन यति धेरै विभाजित भएजस्तो लाग्छ?

मलाई थाहा छैन। मैले के भन्नु? चेतनले पनि यसलाई वास्ता गर्छन् जस्तो मलाई लाग्दैन किनभने एकपल्ट हामीले एकदमै डरलाग्दो समीक्षा पढेका थियौँ। मलाई निकै रिस उठेको थियो र म तनावमा थिएँ। मैले उनीसँग कुरा गरेँ। 'तिमीले नवआगन्तुकजस्तो महसुस गर्नुपर्छ। कसैले यति धेरै ध्यान दिएर तिम्राबारे आलोचना गरिरहेको छ भने सम्झ– उनीहरूका लागि तिम्रो अर्थ छ। हरेकचोटि कसैले उनीहरूको व्यस्त जीवनबाट समय निकालेर म कति फाल्तु लेखक हुँ भन्छ भने, मलाई त्यसो गरेको मन पर्छ।’

सम्पादकका रुपमा उनका पुस्तकमा तपाईंका कति कुरा आउने गरेका छन्?

(हल्का हाँसो) यो ठूलो सवाल हो किनभने पुस्तक यसरी लेखिनुपर्छ भन्ने अन्यलाई लाग्न सक्छ। मैले पुस्तक सम्पादन गर्ने क्रममा सम्वादसँग दिक्क मान्ने पढन्ते पनि देखेको छु। मैले अन्य सम्पादकलाई भेट्दा उनीहरूले 'मैले यति धेरै काट्नुपर्‍यो' भनेर गनगन गर्छन् तर सम्पादकको रुपमा मैले महसुस गर्ने कुरा भनेको म कुनै सामग्रीको अंश मात्र हुँ। म मेरो आवाज सुनाउन सक्दिनँ। तपाईंले सधैं लेखकको आवाज प्रस्तुत गर्नुपर्छ।

उदाहरणका लागि, मेरो विचारमा चेतनका पुस्तकमा उनका सम्वाद निकै प्रभावकारी हुन्छन् किनभने उनले प्लटलाई सम्वादसँग मिलाएर तयार गर्ने गरेका छन्। जुन अंग्रेजीमा लेख्ने धेरै भारतीय लेखकले अर्थपूर्ण रुपले प्रस्तुत गर्न सक्दैनन्। त्यो एउटा प्लस कुरा हो। र, त्यो कुराकानीको अनौपचारिक तरिका गज्जबको छ। किनभने वास्तविक जीवनमा मानिसहरू त्यसै गरी कुरा गर्छन्। हामी गह्रौं–गह्रौं वाक्यमा त कुरा गर्दैनौं नि, होइन? मेरो विचारमा उनी यो कुरामा निकै तेज छन्। मानिसहरूलाई सम्वादमा पर्याप्त व्याकरण नभएको महसुस भएको हुन सक्छ तर उनले पहिले नै कसरी उनका पात्रले कुराकानी गर्छन् भनेर निर्धारण गरिसकेका हुन्छन्। हामीले कहिले पनि पात्रलाई लेखकसँग दाँज्नु हुँदैन।

एउटा साहित्य महोत्सवमा मैले एक जना सहजकर्ताले अर्का लेखकसँग निकै रिसाएर प्रश्न गरेको सुनेँ। मलाई आश्चर्य लाग्यो किनभने सहजकर्ताले भनिरहेकी थिइन्, 'तपाईंको किताब निकै सेक्सिस्ट छ।' लेखकले प्रतिकार गरिरहे, 'किताब होइन, पात्र सेक्सिस्ट हो।' अब जसले लेखेको हो, उसका कुरा नमानेर आलोचकले आलोचना गर्ने बाटो खोजिरहेका हुन्छन्।

भारतमा चेतनभन्दा अघि चर्चित आख्यानका लागि यस्तो ठाउँ थिएन। तपाईंको विचारमा उनलाई यस्तो सिर्जना गर्नका लागि के कुराले सक्षम गरायो होला? यो सम्वादले हो वा उनले लेख्न छानेको अंग्रेजीले?

उनले लेख्ने अंग्रेजीमा उनको अपनत्व छ। मैले उनलाई एउटा सम्मानका साथ बर्नाड शासँग तुलना गर्छु। त्यो वाक पटुता हो। वाक पटुता भनेको कागतीको जुसमा चिनी थपेजस्तो हो। यदि कसैले मलाई हँसाउन सक्छ भने मैले त्यो कुरा सुनिरहेको हुन्छु। मैले यो उनमा र उनको लेखनमा भेट्छु। उनले जुनसुकै कुरालाई पनि पत्याउन सकिने र प्रशंसनीय बनाउन सक्छन्।

मैले हालै उनको ‘वन इन्डियन गर्ल’ पढेँ। यो पाठकहरुलाई फेमिनिज्म बुझाउने प्रयासजस्तो देखिन्छ। के तपाईं सहमत हुनुहुन्छ?

छु।

मेरो विचारमा तपाईं प्रायः यस्ता तर्कमा पर्नुहुन्छ। सही हो?

होइन। मेरो विचारमा यो वास्तविक हो। उनी यसको वास्तविक चित्रणको पछाडि लागिरहेका हुन्छन्।

मैले भन्न खोजेको कुरा के हो भने जब तपाईं यस्ता तर्कपूर्ण विषयमा पर्नुहुन्छ र तपाईं मानिसलाई अपिल गर्न सक्ने पुस्तक लेख्नुहुन्छ, केही सूक्ष्म कुराहरू हराउँछन्। के तपाईंलाई ‘वन इन्डियन गर्ल’मा यस्तै भएजस्तो लाग्छ?

यसका बारेमा तपाईंले चेतनसँग कुरा गर्नुपर्छ। बम्बे लिटरेचर लाइभमा मैले उनले फेमिनिज्म भन्ने कुरा विषयमा कसरी राख्ने भन्ने मात्र होइन भन्ने सुनेको थिएँ। गाउँका महिलाहरुले 'आइतबार खाना नपकाउने' पनि कतै फेमिनिज्म हो, होइन र? फेमिनिज्म एकदम सानो सानो तहमा पनि सुरु हुन सक्छ, कुनै पनि महिलाभित्र, जुनसुकै समयमा। फेमिनिस्ट बन्नका लागि तपाईंले अहिले चलनचल्तीमा रहेका फेमिनिस्ट शब्द प्रयोग गर्नु जरुरी छैन। मेरो विचारमा चेतनले यी विषयबारे सोच्दा पनि नसोचेको महिलाबाट कसरी यो सुरु हुन्छ भनेर देखाउन खोजेका छन्।

यस पुस्तकले उठाएको दुई वटा कुरा छन्। एउटा महिला र पुरुषका लागि समान अवसर। अर्को, पुरुषले चाहेको कुरा जसरी पनि जति पनि प्राप्त गर्न सक्छन् तर महिलाले छनोट गर्नुपर्छ। तपाईंको विचारमा यी कुरा हामीलाई किन फेमिनिज्म चाहिन्छ भनेर पाठकलाई बुझाउन पर्याप्त छ?

यो केही व्यक्तिका लागि भित्री मनोवाद हो। यी कुराबारे अहिलेसम्म नसोचेको मानिसहरूका लागि हो यो उपन्यास। जब फेमिनिज्मको कुरा आउँछ, केही कुरा पनि पर्याप्त छैन। कहिले पनि यो पर्याप्त हुँदैन वा यसका बारेमा भनिदैन वा लेखिदैन।

चेतनको पुस्तकको कुरा गर्दा, कसरी विषयलाई अलिकति सहीसँग राख्ने भनेर उनको प्रयास वा व्याख्या हो। उनले महिलाले चाहेका हरेक कुरा बताउने, केही पनि नचाहने पुरुषसँग हुनु र त्यसको उल्टो बताउने बीचमा सन्तुलन मिलाएका छन्। अर्कोतर्फ, केही महिलाले पुरुषले सबै कुरामा पाउन आफूलाई रित्तो बनाउनुपर्छ भन्ने सोच्छन्। उनले यी दुई धारलाई सन्तुलन गर्ने प्रयास गरेका छन्।

यस पुस्तकले आख्यानमार्फत् फेमिनिज्मको कुरा मात्र गरेको छैन, यो महिलाको दृष्टिकोणबाट पनि लेखिएको छ। उनका अन्य पुस्तकमा काम गर्दाको तुलनामा यसमा काम गर्दाको अनुभव फरक थियो?

जे भए पनि मैले त्यसलाई कथाको रुपमा हेरिरहेकी थिएँ। यो पहिलो पुरुषमा लेखिएको भए पनि मेरा लागि त्यसको पात्र भनेको अन्य पुस्तकको पात्र जस्तै थियो। लैंगिक रुपमा यसले ठूलो भूमिका खेल्छ। मेरा लागि यो सम्पादक वा पाठकका रुपमा हेर्दा यो कथाले साँच्चै काम गर्छ जस्तो थियो। यो कथा पुरुष, महिला वा तेस्रो लिंगी जसले भने पनि काम गर्नुपर्ने किसिमको थियो। कथामा द्वन्द्व हुनुपर्छ, जुन वास्तविक होस् र जसको निचोड अझ वास्तविक होस्। सम्पादकको रुपमा, म यी सबै कुराबाट सन्तुष्ट थिएँ।

सम्पादकका रुपमा काम गर्दा, तपाईंले काम गरिरहेको लेखकसँगको दृष्टिकोणसँग तपाईंको दृष्टिकोण मिल्नु जरुरी छ?

त्यो महŒवपूर्ण छ तर कथाका पात्रहरूसँग मिल्नु जरुरी छ भन्ने लाग्दैन।

यो सही प्रश्न हो कि होइन तर तपाईंलाई चेतन भगतको कुन काम सबैभन्दा मन पर्छ?

(एकछिन रोकिएर) फाइभ प्वाइन्ट समवन, मेरो विचारमा।

तपाईंलाई किन यो सबैभन्दा मन परेको हो?

त्यो मलाई रमाइलो लाग्छ। टु स्टेट्स पनि त्यस्तै छ। त्यो पुस्तक निकै रमाइलो छ। ‘फाइभ प्वाइन्ट समवन’मा गजबको वाकपटुता छ किनभने कहिलेकाहीँ लेखकले ‘पन्च लाइन’का लागि निकै मिहिनेत गरेको हुन्छ। कहिलेकाहीँ उनीहरूको ठट्टाले तपाईंलाई पाठकका रुपमा अगाडि लैजान्छ।

चेतनको विषयमा यो निकै समान खालको वाकपटुता भएजस्तो लाग्छ। यसमा चुट्किला पनि राम्रा छन्। फाइभ प्वाइन्ट समवन मैले अंग्रेजीमा पढेको पहिलो पुस्तक हो जुन निकै रमाइलो थियो। सम्भवतः अनुराग माथुरको इनस्क्रुटेबल अमेरिकन्जपछि। त्यो पनि आश्चर्यलाग्दो थियो किनभने हामीले त्यो अपेक्षा गरेका थिएनौं, होइन त? साथै, शशि थरुरको ‘दि ग्रेट इन्डियन नोबेल’ पनि।

स्क्रोल डट इनबाट अनुवाद :  शिक्षा रिसाल

प्रकाशित: २२ माघ २०७३ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App