coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

काठमाडौं र मोरङ फाइनलमा

काठमाडौं- काठमाडौं र मोरङले शनिबार राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबारका सेमिफाइनलमा काठमाडौंले बाँकेमाथि ३७ रनको जित हासिल गरेको थियो भने मोरङले सुनसरीलार्य ४६ रनको अन्तरमा हराउँदै फाइनलमा एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका थिए।

अजय कर्णले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौंले सहज जित हासिल गरेको थियो। प्लेयर अफ द म्याच अजयले अविजित ४३ रनको योगदान गरेपछि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो।

अजयले ३० बलमा ९ चौका प्रहार गर्दै काठमाडौंको स्कोर बढाउन योगदान गरे। काठमाडौंका ओपनर रिविस श्रेष्ठ १९ रन जोडेको बेला विजय साउदको बलमा बोल्ड भएका थिए। काठमाडौंका लागी संगम पाखि्रनले २० र याजुर भट्टराईले अविजित १३ रन बनाए। अन्य खेलाडीले दोहोरो स्कोर गर्न सकेनन।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा बाँकेका अञ्जन राजवंशी र विजय साउदले ३/३ विकेट लिए। हिरेन्द्र चन्दले १ विकेट हात पारे।

जवाफमा बाँकेले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ११ रनमात्र जोड्न सक्यो। बाँकेका पवन भट्टले सर्वाधिक ४१ रन जोडे। पवनले २८ बलमा ६ चौका प्रहार गरेका थिए। बाँकेका लागी ओपनर अञ्जनले १८ र सन्तोष केसीले ११ रन बनाए। बाँकेका जरबहादुर बुढा १३ रनमा रिटायर्ड हर्ट भए।

काठमाडौंका रिवेसले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। पूर्ण भट्टराईले १ विकेट हात पारे।

अर्को सेमिफाइनलमा मोहम्मद सबिर र कप्तान अमृत तामाङले अर्धसतक पूरा गरेपछि मोरङको जित सम्भव भएको थियो। पहिला ब्याटिङ गरेको मोरङले २० ओभरमा ५ विकेट गुमाई १ सय ३२ रन बनायो।

प्लेयर अफ दी म्याच मोहम्मदले ५६ रन बनाए। विजयकुमार राईबाट रनआउट हुनु अघि मोहम्मदले ५० बलमा ६ चौका प्रहार गरेका थिए। अमृतले ५१ रन बनाए। उनले ५४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। मोरङका ओपनरले भने गतिलो सुरुआत गर्न सकेका थिएनन। लालन चौधरी २ र मोनाई रोय १ रनमा आउट भएका थिए। अन्य खेलाडीले पनि दोहोरो स्कोर जोडन सकेनन। सुनसरीका विवेकचन्द्र राई र सन्तोष नेपालले २/२ विकेट लिए।

१ सय ३३ रनको लक्ष्य लिएर आएको सुनसरीले १७.५ ओभरमा ८६ रनमात्र जोडन सक्यो। सुनसरीका ओपनर केशव न्योपानेले २७ र सन्तोष झाले १८ रन वाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन।

मोरङका आरिफ अन्सारी र रञ्जन निरौलाले ३/३ विकेट लिए। लालनले २ विकेट हात पारेका थिए।  

प्रकाशित: २२ माघ २०७३ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App