coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आमन्त्रण भलिबल शनिबारबाट

पोखरा- सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शनिबार प्रतिस्पर्धा गर्ने भएका छन्। पोखरामा पहिलो पल्ट हुन लागेको प्रतियोगिताअन्तर्गत महिला तर्फको खेल आइतबार देखी सुरु हुनेछ। महिलामा पनि पहिलो खेल एपिएफ र आर्मीबीच नै हुने आयोजकले जनाएको छ।

पोखरा रंगशालामा लिगकम नकआउटको आधारमा हुने प्रतियोगिता माघ २९ गते सम्म चल्ने छ। प्रतियोगिताको पुरुषतर्फ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सँगै आयोजक पश्चिमाञ्चल, हेल्प नेपाल र भारतको उत्तर प्रदेश भलिबल एशोसियसन टोली सहभागि रहेको शुक्रबार आयोजकले जानकारी गराएको छ। यसैगरी महिलातर्फ एपिएफ, न्यु डायमन्ड, नेपाल पुलिस, आर्मी, पश्चिमाञ्चल र उत्तर प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा कास्की जिल्ला भलिबल संघको आयोजना तथा सिर्जना विकास केन्द्र पोखराको संयोजनमा हुन लागेको हो। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीले प्रतियोगिता समन्वय गर्नेछ।

पोखरालाई खेलकुद सहरको रुपमा विकास गर्दै भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए। प्रतियोगिताको पुरुष तथा महिला विजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ७७ हजार ७ सय ७७ तथा तृतिय हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन्। विधागत रुपमा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स र सर्भरले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन। प्रतियोगिताको उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्।

'पोखरालाई खेलकुदको राजधानी बनाउने योजनाले अब रफ्तार लिदैछ,' पौडेलले भने, 'पश्चिमाञ्चल क्षेत्रले भलिबलमा विशेष योगदान दिएको छ। महिला भलिबलमा पश्चिमाञ्चलको आफ्नै पहिचान छ।'

प्रतियोगिता आयोजना गर्न सिर्जना विकास केन्द्रले आयोजकलाई नगद ७ लाख रुपैयाँ दिएको छ। आयोजकका अनुसार खेल मैदान वरिपरी ५ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट बनाइएको छ। सरकारले समयमै बजेट नदिएका कारण अस्थायी प्यारापिटमा प्रतियोगिता गर्न लागेको पौडलले बताए।

प्रकाशित: २२ माघ २०७३ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App