८ वैशाख २०८१ शनिबार
समाज

उम्मेदवारको मृत्यु भएपछि उद्योग वाणिज्य संघको अधिवेशन स्थगित

रौतहट- उद्योग वाणिज्य संघ रौतहटको आज हुने भनिएको अधिवेशन स्थगित भएको छ। सदस्यका उम्मेदवार श्रीप्रकाश ठाकुरको असमायिक निधन भएपछि अधिवेशन स्थगित भएको हो।

ठाकुरको भर्‍याङबाट लडेर मृत्यु भएको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी निविन कृष्ण भण्डारीका अनुसार हर्टअट्याकले उनको निधन भएको हो।

भर्‍याङबाट लडेपछि उनलाई जिल्ला अस्पताल गौर लगिएको थियो। अस्पतालमा उनलाई मृत्यु घोषित गरिएको थियो।

अध्यक्षका प्रत्यासी पण्डित जैसवालका अनुसार ठाकुरको असमायिक निधनका कारण आज हुने भनिएको अधिवेशन स्थगित भएको हो।

 

प्रकाशित: २२ माघ २०७३ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App