८ वैशाख २०८१ शनिबार
समाज

सटरको लक फुटाएर चार किलो सुन, चार किलो चाँदी चोरी

चितवन—भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ। 

पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको भिडिया फुटेज डिभिआर बक्ससमेत चोरी भएको छ।

सो पसल विकास बर्माको हो। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको भिडिया फुटेज डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन्।

प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्को साँचो लगाएर छाडेका छन्। पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए। 

पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन। बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत् अनुसन्धान थालिएको उनले बताए। अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उनले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गरे। रासस

प्रकाशित: २१ माघ २०७३ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App