coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकाकाे सडकः 'मेलम्चीपानी'काे सपनासँगै फाेक्साे भरिने धुलाे

उपत्यकाकाे सडकमा धुलाे छेक्न मास्क लगाएर हिँडिरहेका पैदल यात्री। तस्बिरः विजय रार्इ

काठमाडौँ–  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका सडकमुनि विभिन्न ४० स्थान मेलम्चीकाे पानि वितरण गर्न पाइप विच्छ्याउने कार्य जारी राखेकाे छ।

यी स्थान मध्ये विभिन्न ८ स्थानमा रातकाे समयमा खन्ने, पार्इ बिच्छ्याउने र पुर्ने गरेकाे भए पनि अन्य स्थानमा दिनमै काम गरिरहेकाे छ। करिब १ हजार २ सय कामदारले लगातार यसरी पाइप विच्छाउँदा खनिने सडकमा धुलाे उड्ने र यात्रु तथा सवारीलार्इ हिँड्न र गुड्न गाह्राे हुने गरेकाे भए पनि खनिएकाे सडक जस्ताकाे तस्तै बनाउने काम भने भएकाे छैन।

पाइप बिच्छ्याउँदा र अन्य कार्य गर्दा पानीकाे पाइप काटिएकाे भन्दै ३१ कराेड रूपैयाँ नदिए केही सातापछि नै काठमाडाैंमा खानेपानीकाे हाहाकार हुने खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बैठकमा चेतावनी दिए ।

'मेचलम्ची अायाेजनाका लागि पाइप विच्छ्याउन सडक खन्दा सकेसम्म यात्रु र सवारीलार्इ समस्या नहाेस् भन्नेमा हामी सचेत रहँदै अाएका छाैं,' निर्देशनालयका अायाेजना निर्देशक तिरेखप्रसाद खत्रीले नागरिकन्युजसँग भने, 'पाइप विच्छ्याइसकेपछि तीन पटकसम्म पानी छर्कने, धुलाे हटाउने र अस्थाइ पिच गर्ने सम्मका काम गर्दै अाएका छाैं।'

सडक खन्दा क्षति पुगेका संरचनाहरूलार्इ जस्ताकाे तस्तै बनाउने काम पनि अाफूहरूले गर्दै अाएकाे उनले बताए ।

'धुलाे उडाउने कामका लागि सडक विभागसँग माग गरिएकाे एउटा ब्रुमरले पनि काम गरेकाे छैन,' उनले भने। मेलम्चीकाे पानी काठमाडाैं उपत्यकामा वितरण गर्न कुल ६ सय ७० किलाेमिटर वितरण पाइप विच्छ्याउनु पर्नेमा हालसम्म अायाेजनाले कुल ५ सय ३० किलाेमिटर वितरणा पार्इ विच्छ्याइसकेकाे छ।

मेलम्ची नदी

त्यस्तै मेलम्चीदेखि काठमाडाैंसम्म कुल ६१ किलाेमिटर थाेक वितरण प्रणालि मध्ये कुल ३८ किलाेमिटरमा थाेक पानी प्रशारणा पाइप बिच्छ्याइसकेकाे उनले बताए। अायाेजनाका लागि पाइप विच्छ्याउने कार्य कुल ८५ प्रतिशत सम्पन्न भइसकेकाे छ। पाइप विच्छ्याउने काम पूरा नहुँदासम्म काठमाडाैंमा धुलाे उड्न नछाेड्ने देखिएकाे छ। २०७४ असोजभित्र पाइप बिच्छ्याइसक्ने योजनाका साथ निर्देशनालयले काम गरिरहेको उनले बताए। 

धुलाे उड्नुमा मेलम्चीकाे पानीका लागि विच्छ्याउन लागिएकाे पाइपका लागि खन्ने कार्य मात्र जिम्मेवार भने नभएकाे खत्री बताउँछन्। सडक विस्तार कार्य, टेलिफाेनकाे पाेल उखेल्ने र जडान गर्ने तथा भूमिकगत तार जडान गर्ने, विद्युत् प्राधिकरणले विच्छाउने तार र पाेल डाड्ने कार्य, ढल तथा नाला निर्माण र अन्य स्थानीयबासीकाे निजी निर्माण कार्य पनि जिम्मेवार देखिन्छन्। 'निर्माण कार्य पूरा भएपछि सडकलार्इ चालू हालतमै पुर्याउने सर्तसहित हामीले मेलम्चीलगायत सबै निकायलार्इ सडकमा निर्माण गर्न सहमति दिएकाे हाे,'  सडक विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहले नागरिक न्युजसँग भने।

'सडक विभागले उपत्यकामा कुल १ सय ८२ किलाेमिटर मध्ये १३१ किलाेमिटर सडक विस्तारकाे काम गरिरहेकाे छ,' उनले भने, 'चीन सरकारकाे सहयाेगमा चलिरहेकाे चक्रपथ विकास अायाेजनाकाे निर्माण कार्यले कलंकीदेखि सातदाेबाटाे हुँदै काेटेश्वरसम्मकाे साढे १० किलाेमिटर सडक धुलाम्य छ । महानगरपालिका, उपमहानगर र नगरहरू तथा वडा कार्यालयहरूले पनि सडक निर्माण गरिरहेका हाेलान् । त्यसले पनि धुलाे उड्छ।'

कुनै पनि नियकाले सडक खनिसकेपछि निर्माण कार्य समयमै पूरा गरि सबै पूर्वाधारहरूलार्इ निर्माण गरी छाेड्ने गरी समस्या नै नअाउने काठमाडाैं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का प्रमुख महेश भट्टरार्इ बताउँछन्। 'केयुकेएलले अहिले कतिपय स्थानका पाइपबाट पानी पठाउन सकेकाे छैन,' उनले भने, 'यसै माैका छाेपेर सडकमा निर्माण गर्नेहरूले केयुकेएलकाे पाइप बंग्याउने र भत्काउने गरे पनि क्षतिकाे मर्मत नगरी पुरिदिने गरेका छन्। यसले पुन सडक खन्नु पर्ने बाध्यता हुन्छ।'

'३१ कराेड नदिए साताभित्रै उपत्यकामा पानीकाे हाहाकार'

२०७३ असार ६ गते निर्देशनालय र विभागबीच उपत्यकाका ७० सडकमा पाइप बिच्छ्याएपछि अस्थायी कालोपत्र गरिने सम्झौता भर्इ पाइप बिच्छ्याउने काम अघि बढाइएकाे थियाे । सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले पाइप बिच्छ्याएपछि सडक अस्थायी कालोपत्र गर्न निर्देशनालयले रु ८५ करोड बजेट दिएको बताए।

तर, पाइप बिच्छ्याउँदा र अन्य कार्य गर्दा पानीकाे पाइप काटिएकाे भन्दै ३१ कराेड रूपैयाँ नदिए केही सातापछि नै काठमाडाैंमा खानेपानीकाे हाहाकार हुने खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बैठकमा चेतावनी दिए ।

व्यवस्थापिका संसद्काे विकास समितिमा बाेल्दै उनले पाइप बिच्छ्याउन खनिएको सडकले १० देखि १५ प्रतिशत मात्र धुलो थपेको दाबी गर्दै उनले सडक भत्काएर विभिन्न काम गर्ने निकायले पानीको पाइप टुटाएकाे र टुटेकाे पाइप मर्मतका लागि करिब ३१ कराेड रूपैयाँ खर्चिनु पर्ने उनले बताए । 

'पाइप मर्मतका लागि सात दिनभित्र केयुकेएललार्इ पैसा नदिए सुक्खा मौसममा उपत्यकामा पानी उपलब्ध गराउन सकिँदैन,' उनले चेतावनी दिए।  

समिति बैठकमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक खनेर पाइप बिच्छेद गर्ने निकायलनै पाइप जोड्नुपर्ने बताए। खनिएको सडकको धुलो सवारी साधनले कालोपत्र भइरहेको सडकमा पनि पुयाउँदा उपत्यकामा धुलो बढेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आठ मिटर भन्दा साना २ सय ६ किलाेमिटर सडकमा पाइप बिच्छ्याई कालोपत्र गरिसेककाे बताए।

'महानगरको क्षेत्रमापर्ने आठ मिटरभन्दा साना सडकको खाल्डाखुल्डी टाल्न नौ करोड रूपैयाँ विनियोजन भएको छ, काम यही वर्ष हुन्छ,'  उनले भने ।

धुलाे नउडाउन निर्देशन

नागरिकन्युजसँगकाे कुराकानीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अायाेजना निर्देशक अायाेजना निर्देशक तिरेखप्रसाद खत्रीले भने– 'सडक विभागसँग मागिएकाे एउटा ब्रुमरले पनि काम नगर्दा धुलाे हटाउन सकिएन।'उपत्यकाकाे धुलाेमुस्लाे सडकमा चलिरहेका सवारी साधन

यही समस्या समाधान गर्न काठमाडाैं महानगरपालिकाले ४ अाेटा ब्रुमर ल्याउन लागेकाे महानगरपालिकाका कार्यकारी अधिकृत रूद्रसिंह तामाङले शुक्रबार बसेकाे व्यवस्थापिका संसदकाे विकास समितिलार्इ जानकारी गराएका छन्।

समितिले भने सराेकारवाला सबै निकायलार्इ सडककाे धुलाे व्यवस्थापन गर्न तथा धुलाे नउडाउन निर्देशन दिएकाे छ।

बैठकमा समितिले धुलो व्यवस्थापन गरी प्रदूषण कम हुने गरी काम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, सडक विभाग र पाइप बिच्छ्याइरहेको निर्देशनालयलाई निर्देशन दिएको हाे।

सडक खनेर निर्माण कार्य गरेपछि तत्काल सडकको पहिलेकै अवस्थामा फर्काउन समिति सभापति रवीन्द्र अधिकारीले सम्बन्धित निकायलाई ‘ब्रुमर’ खरिद गरेर भए पनि प्रयाेगमा ल्याउन निर्देशन दिए। त्यस्तैगरी पाइप बिच्छ्याउन सडक नखनी भूमिगत रुपमै काम गर्न सकिने प्रविधि भित्र्याउन पनि समितिले सरकारलाई निर्देश दिएकाे छ।

 

 

प्रकाशित: २१ माघ २०७३ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App