८ वैशाख २०८१ शनिबार
समाज

राैतहटबाट सिकेका ९ जना समर्थक पक्राउ

पक्राउ परेका सिके राउतका कार्यकर्ताहरु इलाका प्रहरी कार्यालय गरुडामा। तस्बिरः मदन ठाकुर

रौतहट– सिके राउतको रौतहट जिल्ला संयोजकसहित नौजना कार्यकर्ता रौतहटमा फक्राउ परेका छन्। जुलुस निकाल्ने तयारीमा रहेका कार्यकर्ताहरुलाई गरुडा नगरपालिकाको झाँझपुलबाट नौ जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताएका छन्।

पक्राउ पर्नेमा सिकेका रौटहट जिल्ला संयोजक अशोककुमार सिंह, सहसंयोजक वीरेन्द्र साह, जिल्ला सदस्य रामाकान्त ठाकुर, राजुप्रसाद यादव, रकटु राय यादव, अशोक कुमार साह, श्यामकिशोर यादव, अजय कुमार ठाकुर र राजकिशोर साह रहेका छन् । पक्राउ परेकामध्ये अशोक कुमार साह नेपाली सेनाका पूर्व जवानसमेत भएको बुझिएको छ।

सिके राउतलाई जनकपुरबाट बिहीबार पक्राउ गरिएपछि रिहाइको माग गर्दै जुलुस प्रदर्शन गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । तर जिल्ला संयोजक अशोक सिंहले वाक स्वतन्त्रता हुनुपर्ने माग गर्दै शिवनगरबाट गरुडातर्फ जुलुस लिएर आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन् । केन्द्रकै निर्देशनअनुसार आफूहरुले जुलुस प्रदर्शन गरेको प्रहरी नियन्त्रणमा रहेका जिल्ला संयोजक साहले बताए ।

 

प्रकाशित: २१ माघ २०७३ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App