८ वैशाख २०८१ शनिबार
समाज

सिके राउतका २१ समर्थक लाहानबाट पक्राउ

लाहान(सिरहा)– नेपालबाट तरार्इ भूभाग टुक्रयाउने अभियानमा लागेका चन्द्रकान्त राउत (सिके)लार्इ रिहाइ गर्न मागसिहत प्रदर्शनमा उत्रिएका २१ जनालार्इ लाहान प्रहरीले नियन्त्रणमा लिएकाे छ।

स्वतन्त्र मधेशकाे नारा र व्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरूलार्इ पत्राउ गरी इलाका प्रहारी कार्यालय लाहानमा राखिएकाे डिएसपी राजकुमार केसीले जनाकारी दिए।

पक्राउ परेकाहरूलार्इ मुद्दा चलाउन अाफूहरूले केन्द्रकाे अादेश पर्खिरहेकाे उनले बताएका छन्। यद्यपी उनीहरूलार्इ कुन मुद्दा चलाउने भन्नेबारे प्रहरीले बताएकाे छैन।

बिहीबार पक्राउ परेका सिके राउतलार्इ प्रहरीले 'राज्यविरूद्धकाे संगठित अपराध' मुद्दा दर्ता गरी सिरहा अदालतबाट १० दिनका लागि थुनामा राख्न म्याद लिर्इ कारवाही अघि बढाएकाे छ।

प्रकाशित: २१ माघ २०७३ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App