coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने तयारी’

शुक्रबार मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की। तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले सरकारी अस्पतालमा पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने व्यवस्थाका लागि प्रक्रिया अघि बढाएको बताएका छन्।

पत्रकारलाई सरकारी अस्पतालमा उपचार गराउँदै ५० प्रतिशत सहुलियत दिने घोषणा चालू वर्षको बजेटले गरेको थियो। मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले अब पत्रकारलाई सहुलियत दिने प्रक्रिया अघि बढाएको बताएका हुन्।

पत्रकार सम्मेलनमा उनले सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए/नभएकोबारे अनुगमन गर्ने र पत्रकारको सुरक्षाका विषयमा अध्ययन गर्ने पनि बताएका छन्। राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक कानूनको मस्यौदा तयार गर्नेलगायतको काम भइरहेको बताएका छन्।
कार्कीका अनुसार अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्न अनलाइन सञ्चार निर्देशिका परिमार्जनसहित राजपत्रमा प्रकाशित गर्ने तयारी भएको छ । सूचना विभागमा इन्फर्मेशन हब स्थापना गर्ने, नेपाल टेलिभिजनको कोहलपुर र इटहरीबाट क्षेत्रीय प्रशारण शुरु गर्ने तयारी भइरहेको छ।

त्यस्तै, केबुल सेवा वितरिक कम्पनीहरुको सेवालाई डिजिटल प्रणालीमा लाने, समानुपातिक विज्ञापन नीति लागू गर्ने, सामुदायिक सुचना केन्द्र स्थापनाका लागि ३५ जिल्ला छनोट गरिएको, अन्तरर्राष्ट्रिय दूर सञ्चार संगठन(आइटियू)ले प्रदान गरेको अन्तरिक्ष कक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न २० वटा पकम्पनीले आशयपत्र माग गरी मूल्यांकन भइरहेको बताए।

प्रकाशित: २१ माघ २०७३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App