coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र अष्ट्रेलियाबीच चर्काचर्की

वासिङ्गटन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलका बीच शरणार्थी समस्या समाधानका विषयमा भएकोे टेलिफोन वार्तामा चकाचर्की भएको छ। वासिङ्गटन पोष्ट' पत्रिकाका अनुसार अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले ओबामा प्रशासनले गरेको शरणार्थी सम्झौताबारे अमेरिकी राष्ट्रपति ट्रम्पबाट आश्वस्त हुन खोज्ने बित्तिकै ट्रम्पले टर्नबुलको आलोचना गरेका थिए।

टर्नबुलले अष्टे्रलियाली बन्दी गृहबाट नौर र पपुवा न्यु गिनीमा राखिएको करिब १२ सय ५० शरणार्थीलाई अमेरिकामा पुर्नवास गर्ने विषयमा निर्वतमान राष्ट्रपति बाराक ओबामासँग भएको सम्झौताको कार्यान्वयन बारे ट्रम्पसँग जिज्ञासा राखेका थिए तर शरणार्थी आदानप्रदानसम्बन्धी अष्ट्रेलियासँगको उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवेकहीन सम्झौताको संज्ञा दिएका थिए।  

वरिष्ठ अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै वासिङ्गटन पोस्टले जनाए अनुसार अष्ट्रेलियाली प्रधानमन्त्रीसँग एक घण्टासम्म चल्नुपर्ने टेलिफोन वार्ता ट्रम्पले २५ मिनेटमै टुंग्याएका थिए।उक्त सम्झौतालाई लिएर ट्रम्प र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबुलबीच टेलिफोन वार्तामा चर्काचर्की परेको विवरणहरु सार्वजनिक भएका छन्।

ट्रम्पले सम्झौतालाई विवेकहीनको संज्ञा दिएतापनि अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले अमेरिका र अष्ट्रेलियकाबीच राम्रो कुटनीतिक सम्बन्ध रहेको बताएका छन्।

ट्रम्पको भनाइप्रतिको जिज्ञासामा प्रधानमन्त्री टर्नबुलले कुनै प्रतिक्रिया दिन मानेनन्। उनले भने,'म तपाईहरुको उत्सुकता बुझ्छु तर यी कुराकानीलाई व्यक्तिगत राख्दा नै राम्रो हुन्छ। हाम्रो र अमेरिकाकोबीचमा राम्रो सम्बन्ध रहेको यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु।'

प्रधानमन्त्री टर्नबुलले शरणार्थी सम्बन्धी उक्त सम्झौता कार्यान्वयनमा ट्रम्प सहमत रहेको बताएका थिए। तर ट्रम्पले भने उक्त सम्झौतालाई अहिलेसम्मकै खराब सम्झौता भनेका छन्। तर टर्नबुलले ट्रम्पसँग सिधा र स्पष्ट कुराकानी भएको बताएका छन्। यद्यपि उक्त सम्झौताबारे ट्रम्पबाट कुनै स्पष्ट प्रतिबद्धता नआएको उनले बताए।

टेलिफोन वार्तापछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर ट्विट गर्दै लेखेका छन्, 'के तपाईं पत्याउनुहुन्छ? ओबामा प्रशासनले अष्ट्रेलियाबाट हजारौं गैरकानूनी शरणार्थी अमेरिकामा राख्ने सहमति गरेको रहेछ। किन? म त्यो विवेकहीन सम्झौताको अध्ययन गर्नेछु।'

अष्ट्रेलियाले विवादित रुपमा इरान, अफ्गानिस्तान र इराकका शरणार्थी स्वीकार्न इन्कार गरेको छ जसमध्ये अधिकांश पुरुष छन्। ती शरणार्थीहरुलाई उसले नरु र पपुआ न्यु गिनीमा राखेको छ।

मुस्लिम बाहुल्यता रहेको ७ वटा मुलुकका शरणार्थी स्थायी रुपमा अमेरिका प्रवेशमा रोक लगाउने गरी ट्रम्पले गत शुक्रबार कार्यकारी आदेश जारी गरेको पृष्ठभूमिमा ओबामा प्रशासनले गरेको सम्झौताको भविष्यबारे स्पष्ट हुन अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले टेलिफोन वार्ता गरेका थिए।

उनले आफूले दिनभरमा गरेको विदेशी नेताहरुमध्येको सबैभन्दा खराब कुराकानी भएको भन्दै ट्रम्पले फोन काटेको बताइएको छ। आलोचना सिद्धाए लगत्तै उनले फोन लाइन काटेका थिए। टेलिफोन वार्ता गत शनिबार भएको बताइएको छ।

प्रकाशित: २१ माघ २०७३ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App