सेनालाई विज्ञको सुझाव

'हतियार उत्पादन बढाऊ, संख्या नथप'

शुक्रबार, २१ माघ २०७३, ०८ : १० भुवन शर्मा

काठमाडौं- नेपाली सेनालाई आवश्यक हातहतियार, गोलीगट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन्। सेनालाई व्यावसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालीन तीनवर्षे गुरुयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन्।

नेपाली सेनाको पुनःढाँचा तथा सुदृढीकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँडसमक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो।

सांगठनिक क्षमता तथा व्यावसायिकता अभिवृद्धि गर्दै नेपाली सेनाले आफूलाई आवश्यक पर्ने गोलीगट्ठा, हातहतियार तथा अन्य बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउँदै, क्षमता तथा प्लान्ट (कारखाना) मा वृद्धि गर्न समितिले सरकारलाई सुझाव दिएको छ।

सैन्यसामग्री आयत कम गर्दै उत्पादन वृद्धि गर्न समितिको सिफारिस छ।

नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य समाग्री  भारतलगायत देशबाट खरिद गर्दै आएको छ। अधिकांश भारतबाटै आयात हुने गरेको छ।

'सेनाका लागि आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य बन्दोबस्ती सामग्री आफैं उत्पादन गर्न र प्लान्टहरु बढाउन समितिले नेपाल सरकारलाई सुझाव दिएको छ,' रक्षामन्त्रीलाई प्रतिवेदन बुझाएपछि संयोजक सिटौलाले नागरिकसँग भने, 'हामीले सेनाको पुनःढाँचा तथा आधुनिकीकरण गर्न तीनवर्षे अल्पकालीन गुरुयोजना लागू गर्न पनि सिफारिस गरेका छौं।'

नेपाली सेनाले स्वयम्भूस्थित बारुदखाना, सुन्दरीजल आर्सनल, सुनाचारी आपूर्ति परिवहनबाट सेनाका लागि आवश्यक पर्ने बारुद, गोलीगट्ठा तथा सैन्य सामग्री सीमित मात्रामा उत्पादन गर्दै आएको छ।

पूर्वसहायकरथी प्रेमसिंह बस्नेतका अनुसार पृथ्वीनारायण शाहका पालादेखि नै नेपालले हातहतियार, बारुद तथा सैन्यसामग्री आफैं उत्पादन गर्दै आएको छ। पछिल्लो समय हातहतियार तथा गोलीगट्ठामा नेपालभित्रको उत्पादन घट्दै गएको स्रोतको भनाइ छ।

समितिले नेपाली सेनाको संख्या तत्काल नबढाउन र नघटाउन पनि सिफारिस गरेको छ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, प्राकृतिक सम्पदाको सुरक्षा तथा महŒवपूर्ण व्यक्तिको सुरक्षालगायत जिम्मेवारी निर्वाह गर्न नेपाली सेनाको संख्या तत्काल नघटाउन  समितिले सिफारिस गरेको छ।

विपद व्यवस्थापनमा क्षमता अभिवृद्धि तथा अन्य जिम्मेवारी निर्वाह गर्न सेनाको आन्तरिक संगठनात्मक संरचनामा सन्तुलन कायम राख्न पनि समितिले सुझाव दिएको छ। रक्षा मन्त्रालयलाई पनि समयानुकूल पुनःढाँचा गर्न समितिले सिफारिस गरेको छ। रक्षामा बर्दीधारी कर्मचारी राख्न समितिले भनेको छ।

यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्लाई पनि नयाँ संरचनामा लैजान समितिले सिफारिस गरेको छ। नेपाली सेनाको सुदृढीकरण तथा आधुनिकीकरण गर्दै रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयसमेतलाई सबल एवं सक्षम बनाउने सम्बन्धमा अध्ययन गर्न गठित सुझाव समितिका अन्य सदस्यमा शम्भु कार्की र आनन्दराम रेग्मी छन्। नेपाली सेनाका तर्फबाट समितिमा नेपाली सेनाका सहायकरथी शिवराम खरेल सदस्य  थिए।

रक्षामन्त्री खाँडले नेपाली सेनाको संगठनात्मक संरचना तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न समितिका सिफारिस कार्यान्वयन गर्दै जाने बताए। प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि प्रतिवेदन कार्यान्वयन गरी नेपाली सेनाको सांगठनिक तथा व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा रक्षासचिव श्रीधर सापकोटाको पनि उपस्थिति थियो।

रक्षा प्रवक्ता उत्तम नागिलाले नेपाली सेनाको जिम्मेवारी तथा व्यावसायिक भूमिका अभिवृद्धि गर्न समितिले सरकारलाई सिफारिस गरेको बताए। 'नेपाली सेनाको संागठनिक संरचना तथा आधुनिकीकरण गर्न समितिले सिफारिस गरेको छ,' नागिलाले भने।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad