coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल प्रहरीमा १०३३ जनालार्इ जागिर खुल्याे

काठमाडौं– नेपाल प्रहरीमा रिक्त जनपद र प्राविधिक समूहतर्फ १०३३ पदमा जागिरकाे अवसर खुलेकाे छ ।

नेपाल प्रहरीले उक्त समुहतर्फ प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरेकाे प्रहरीकाे केन्द्रीय समाचार कक्ष नक्सालले जनाएकाे छ।

महानगरीय प्रहरी परिसर काठमाडाैं, भक्तपुर र ललितपुर, ५ वटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरु र ७२ वटा जिल्ला प्रहरी कार्यालयहरुमा उक्त पदको दरखास्त फारम आगामी फागुन १ गतेदेखि फागुन ३० गतेसम्म बुझाउन सकिने जनाइएकाे छ।

स्वास्थ्य, सञ्चार, संगीत, मेकानिकल इन्जिनियरिङलगायत उपसमुहअन्तर्गत दरखास्त भर्न सकिने प्रहरीले जनाएकाे छ।

उक्त पदको नयाँ भर्ना सम्बन्धी सूचना विहीबार राष्ट्रिय दैनिक गोरखापत्रमा बिज्ञापन तथा नेपाल प्रहरीको वेब साईट www.nepalpolice.gov.np मा समेत राखिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २० माघ २०७३ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App