coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

एनआरएनए केन्द्रीय कार्यालय निर्माण तीब्र, १० करोड अपुग

यस्तो बन्नेछ एनअारएनए मुख्यालय

काठमाडौं— विश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय निर्माणको काम तीब्र रुपमा भइरहेको छ। बालुवाटार, काठमाडौंमा निर्माणाधीन सो भवन आगामी सात महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित यतिबेला दैनिक ५० मजदुर काम गरिरहेका छन्।

केही दिनमै पहिलो तलाको ढलान सम्पन्न हुँदैछ। 

अध्यक्ष घले बिगत डेढ महिनादेखि नेपालमै छन्। केन्द्रीय कार्यालय भवन, लाप्राक नमुना वस्ती निर्माण परियोजना र संखमुल पार्क निर्माणका काममा उनी प्रत्यक्ष खटिरहेका छन्। 

बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा तीन रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघको केन्द्रीय कार्यालय भवनको लागत करिव २५ करोड रुपैयाँ छ। भवन निर्माणका लागि १० करोड रुपैयाँ अपुग रहेको अध्यक्ष शेष घलेले बताए।

‘झण्डै २५ करोडको लागतमध्ये अझै करिव १० करोड रुपैयाँ भवन निर्माणका लागि अपुग हुने देखिएको छ’ घलेले भने, ‘सहयोगको प्रतिबद्धता जनाएका दाताहरुले तत्कालै रकम भुक्तानी गरिदिए मात्र तोकिएको समयमा भवन निर्माण हुनसक्छ।’

प्रतिबद्धता जनाएका सबै गैरआवासीय नेपालीलाई रकम तत्कालै गैरआवासीय नेपाली संघको खातामा जम्मा गरी भवन निर्माण कार्यमा सहयोग गर्न उनले आह्वान गरेका छन्।
भवन निर्माण अभियानका रुपमा पहिलो कार्यकालमा उनी ४७ वटा मुलुक पुगेका थिए। ‘त्यतिबेला गरेको वाचा पूरा गर्न म सबैलाई आह्वान गर्छु’, उनले भने। 

विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको एकता र भावनाको प्रतीकको रुपमा मुख्यालय रहने उनको भनाइ छ। रकम संकलनका बेलाजस्तै सवै राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय संयोजक एवं सहसंयोजकलाई प्रतिबद्धताको रकम जम्मा गर्ने कार्यमा खटिन उनले आग्रह गरे।

अध्यक्ष घले बिगत डेढ महिनादेखि नेपालमै छन्। केन्द्रीय कार्यालय भवन, लाप्राक नमुना वस्ती निर्माण परियोजना र संखमुल पार्क निर्माणका काममा उनी प्रत्यक्ष खटिरहेका छन्। 

निर्माणाधीन भवनका केही तस्विर

 

यस्तो बन्नेछ एनअारएनए मुख्यालय
यस्तो बन्नेछ एनअारएनए मुख्यालय
यस्तो बन्नेछ एनअारएनए मुख्यालय
यस्तो बन्नेछ एनअारएनए मुख्यालय
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App