coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सिके राउत पक्राउ

सिके राउत। फाइल तस्विर

जनकपुर— राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए।

जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सप्तरी स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर बस्दै अाएका थिए।  करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो।

राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेअाम संगठन विस्तार र अभिव्यक्ति दिइरहँदा सरकार मुकदर्शक बनेको भनेर अारोप लागिरहेको अवस्थामा सरकारले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए।

लहानस्थित नागरिकन्युजकर्मी मिथिलेश यादवका अनुसार गत माघ ५ गते सिके राउतले लहानमा अायोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै तराईलाई नेपालबाट छुट्याउनु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। पशुपति आदर्श उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा उनले करिब ११ मिनेट लामो भाषण गरेका थिए।

पछिल्लो समय उनी जनकपुर केन्द्र बनाएर तराईका जिल्लामा खुलेअाम विखण्डनकारी गतिविधि सञ्चालन गर्दै अाएका थिए। दाहाल सरकारले उनका गतिविधिमा कतै पनि रोक लगाएको थिएन। 'अादेश नभएकाले र पक्राउ गर्नुपर्ने उचित कारण नदेखिएकाले उनलाई पक्राउ नगरेका हौं', माघ ५ गते सिराहा प्रमुख प्रहरी एसपी शेखर कोइरालाले भनेका थिए।

राउतको अभिव्यक्तिलाई लिएर विपक्षीहरुले सरकारको आलोचना गर्न थालेपछि उनी पक्राउ परेका हुन्।

पक्राउ परेका राउतलाई के अभियोग लगाइएको हो प्रहरीले सार्वजनिक गरेको छैन। 'उनलाई सिराहा ल्याइँदैछ। यहाँ ल्याइसकेपछि के अभियोग लगाइएको हो सार्वजनिक गर्छौं', एसपी कोइरालाले भने।

 

 

प्रकाशित: २० माघ २०७३ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App