७ वैशाख २०८१ शुक्रबार
खेल

रसेललाई एक वर्षे प्रतिबन्ध

किंङस्टन- डोपिङ सम्बन्धी नियम उल्लंघन गरेको कारण वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलमाथी  मंगलबार एक वर्षको प्रतिबन्ध लगाइएको छ।जमैकन कन्फरेन्स सेन्टरमा प्रतिबन्धको निर्णय घोषणा हुँदा रसेल निराश देखिएका थिए।

दुई पटकका टवान्टी–२० विश्वकप विजेता रसेलले स्न २०१५ मा तीन पटक गरेको दर्खास्त अस्विकृत भएपछि ११ महिना अघि उनले नियम मिचेको सार्वजनिक भएको थियो। त्यसपछि ‘वर्ल्ड एन्टी डोपिङ एजेन्सी'(वाडा) को नियम अनुसार एक छानविन कमिटी गठन भएको थियो।

‘रसेलले डोपिङ नियम उल्लंघन गरेकोमा दोषी पाइयो,’ एन्टी डोपिङ जाँच सम्वन्धी स्वतन्त्र कमिटीका प्रमुख ह्युज फल्कनरले एक विज्ञप्क्तीमार्फत भनेका छन्।

वेस्ट इन्डिजलाई सन् २०१६ मा ट्वान्टी–२० विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका रसेलको एक वर्षे प्रतिबन्ध जनबरी ३१ बाट लागु भइसकेको छ।

वाडाको नियम अनुसार विश्वभरका सबै खेलका खेलाडीले दिनको एक पटक लागु औषध परिक्षणको सुविधा लिन जानु अघि स्थानीय एन्टि डोपिङ एजेन्सीलाई जानकारी दिनपर्ने हुन्छ।

निर्णयपछि रसेलले कुनै प्रतिक्रिया  नदिए पनि उनका प्रतिनिधीले भने रसेल कम्तीमा दुई वर्षको प्रतिबन्धबाट जोगिएको भन्दै उनलाई सम्झाउन खोजेका थिए।

‘राहत मिलेको छ यो एक वर्षको मात्र हो, तर दुई वर्ष होइन। अहिलेको स्थिती र कमिटीलाई बुझाइएको तथ्यअनुसार उनको सजाय अझै बढि हुन्छ भन्ने सोचेको थिए,’ प्याटि्रक फोस्टरले भने।

फोस्टरले यसबारे विश्व खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा रसेलले अपिल गर्ने कुराको भने अस्विकार गरेनन्। रसेलले २१ दिन भित्र अपिल गर्न पाउने छन्।

‘अहिले सम्म यस सम्बन्धी निर्णय लिइसकिएको छैन। हामीले यसबारे सोचेका छौं। अहिलेसम्म लिखित निर्णय पनि पाइएको छैन। लिखित निर्णय पाएपछि रसेलको धारणा बुझेर नयाँ कदम चालिनेछ,’ फोस्टरले भने।

प्रतिबन्धपछि रसेलले एक वर्षसम्म व्यवसायिक रुपमा क्रिक्रेट खेल्न पाउने छैनन्। त्यसको अर्थ उनले इन्डियन प्रिमियर लिग आइपिएलमा समेत सहभागीता पाउन पाउने छैनन्। उनी आइपिएलमा कोलकाता नाइट राइडर्सबाट खेल्ने गर्छन्।

प्रकाशित: २० माघ २०७३ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App