८ वैशाख २०८१ शनिबार
राजनीति

आचार्य एक वर्षपछि संसद्मा

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद नरहरि आर्चाय एक वर्षपछि संसद् बैठकमा उपस्थित भएका छन्। पार्टीको १३औं महाधिवेशन संघारमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि २०७२ माघ २६ गते बिहान आर्चाय कोइराला निवास पुगेका थिए।

कोइरालाको निधनबारे सञ्चारकर्मीलाई जानकारी दिँदादिँदै बेहोस भएर ढलेका आर्चाय झन्डै वर्षपछि निको भएर बुधबार संसद् बैठकमा सहभागी भएका हुन्। एक महिना अस्पताल र बाँकी समय घरमै आरामपछि आर्चाय सहयोगीका साथ खैरो रङको कोटमा मन्दमुस्कानसहित संसद् बैठक कक्षमा पसेका थिए।

लामो अन्तरालपछि संसद् पुगेका आर्चाले पत्रकार र केही सांसदसँग भलाकुसारी गरे। 'मलाई चिकित्सकले गर्ने थप कुनै उपचार रहेनछ, अहिले फिजियोथेरापी गरेर बसेको छु,' स्वास्थ्य अवस्था जानकारी गराउँदै उनले भने, 'डाक्टरले धेरै अगाडिबाट सक्रिय भए हुन्छ भनेका थिए, अहिले सक्छु जस्तो लागेर संसद् आएँ।'  पूर्ववत्रुपमै राजनीतिमा सक्रिय हुने संकेत गर्दै आर्चायले थपे, 'अब सक्रिय हुनेछु।'

संसद्को बुधबारको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले 'स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ पेस गरे। विधेयकमाथि संशोधनसहितको सुझाव प्रस्तुत गर्न आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा उपसमितिले प्रतिवेदन तयार गरेको थियो। संसद्को अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २० माघ २०७३ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App