४ वैशाख २०८१ मंगलबार
समाज

नाइटिङ्गेल स्कुलले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं- ललितपुरस्थित नाइटिङ्गेल स्कुलले स्थापनाको २४औं वार्षिकोत्सव मनाएको छ। स्थापना दिवसको अवसरमा लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागी हुनुका साथै मार्च पास र विभिन्न जाति समुदाय झल्काउने नृत्य प्रस्तुत गरेका थिए। 

कार्यक्रममा नाइटिङ्गेल स्कुलका फाउन्डर एवं प्रिन्सिपल  तेजुलाल चौधरीले शिक्षा सबैथोक भएको बताए। अभिभावकहरुमाझ सम्बोधन गर्दै उनले सफलताको सबैभन्दा ठूलो हात शिक्षा रहेको बताउँदै नाइटिङ्गेल स्कुलले राम्रो र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको विश्वास दिलाए। त्यसैको परिणाम स्कुलले लगातार तीन पटक सर्वोत्कृष्ट भई राष्ट्रिय पुरस्कार पाउन सफल भएको उनले बताए। नेपाली कांग्रेसका सांसदसमेत रहेका फाउन्डर चौधरीले राष्ट्रियस्तरमै शिक्षाको गुणस्तरलाई बढाउनुपर्ने बताए।

त्यस्तै स्कुल ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र प्रसाद भट्टराईले विद्यार्थीको शिक्षण अवस्था सुधार गर्न अभिभावको पनि ठूलो हात हुने भएकाले राम्रोसँग हेरविचार गर्न आग्रह गरे। उनले २०४९ सालमा किब सय जना विद्यार्थी र केही शिक्षकबाट सुरु गरेको नाइटिङ्गेल स्कुलमा अहिले तीन हजार विद्यार्थी अध्ययनरत रहेको स्मरणा गराउँदै उनले नाइटिङ्गेल नेपालमै सर्वोत्कृष्टको कोटीमा रहेकोमा बताए। उनले शिक्षा विकाससँग पनि जोडिएको हुनाले यसले देशको विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै राम्रो र गुणस्तरीय शिक्षाका लागि स्कुलले कुनै कन्जुस्याइँ नगर्ने बताए।

विभिन्न खेलमा भाग लिएर पहिलो दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो। साथै अनुशासित र प्रतिभावान विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: २० माघ २०७३ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App