८ वैशाख २०८१ शनिबार
राजनीति

ओली ठट्टा : अखण्ड अध्यक्ष बुरुक्क उफ्रेर खण्डे लाइनमा (भिडियो)

अध्यक्ष ओली तथा बुधबार एमाले प्रवेश गरेकी भण्डारी

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली ठट्टा गर्न खप्पिस मानिन्छन्। बुधबार दिउँसो अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा उनले त्यस्तै रमाइलो मन्तव्य दिए।

‘नेपाललाई अखण्ड राख्न भन्दै पार्टी खोलियो। अध्यक्ष चाहिँ बुरुक्क उफ्रेर खण्डे प्रस्तावलाई समर्थन गर्दै खण्डे लाइनमा पुग्नुभयो’,उनले भने, 'अखण्ड पार्टीको टाउकै उछिट्टिएर खण्डको लाइनतिर गएपछि उहाँ एमालेमा अाउनुभयो।'

सो पार्टीका अध्यक्ष कुमार खड्का दाहाल सरकारमा सहभागी हुन गएकोप्रति ओलीको व्यंग्य गरे, ‘अध्यक्षज्यू तपाइँ अन्त कता पो देखिनु भो। लाइन मिलेन कि क्या हो?’

अध्यक्ष ओलीले सबै जाँचबुझ गरेर उपाध्यक्ष भण्डारी एमाले प्रवेश गरेको उल्लेख गरे। ‘पढाइलेखाई छैन त्यसैले जथाभावी निर्णय गरेका छन् भन्नुहोला उहाँ (पुष्पा) दुई दुई विषयमा मास्टर्स गर्नुभएको छ। पिएचडी पनि गर्दै हुनुहुन्छ’, उनले भने।

भिडियो

प्रकाशित: १९ माघ २०७३ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App